राष्ट्रियसभामा निर्वाचित हुने ५६ जनाकै टुंगो लाग्यो, गठबन्धकै वर्चस्व – हेर्नुहोस् सूचीसहित कसले-कहाँ-कति जिते ?

काठमाडौं । राष्ट्रियसभामा निर्वाचित हुने ५६ जनाकै टुंगो लागेको छ। बुधबार बिहान १० देखि ३ बजेसम्म भएको निर्वाचनमा पनि वाम गठबन्धनको वर्चस्व देखिएको छ। ५६ मध्ये ३९ सिटमा वामपन्थी गठबन्धनले जितिसकेका छन्। एमाले एक्लैले २७ सिट जितेको छ। माओवादीले १२ र कांग्रेसले १३ सिट जितेको छ। संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले समान २/२ सिट जितेका छन् । कुल ५९ सदस्यीय राष्ट्रियसभामा ३ जना राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक प्रावधान छ। कसले कहाँ कति जिते, हेर्नुहोस् सूची;

प्रदेश १
नैनकला ओझा (एमाले/निर्विरोध), बिना पोखरेल (माओवादी/निर्विरोध), सरिता प्रसाईं (कांग्रेस/निर्विरोध), पर्शुराम मेघी गुरुङ (एमाले/निर्विरोध), रमेशजंग रायमाझी (कांग्रेस/निर्विरोध), हरिचरण शिवाकोटी (एमाले/निर्विरोध), खेम नेपाली (एमाले/६,२७०), अगमप्रसाद वान्तवा (एमाले/६,१३८)

प्रदेश २
शशिकला दाहाल (माओवादी/निर्विरोध), मुक्ताकुमारी यादव (कांग्रेस/निर्विरोध), प्रमिलाकुमारी यादव (संसफो/निर्विरोध), जितेन्द्र देव (कांग्रेस/निर्विरोध), रमेश यादव (राजपा/निर्विरोध), सुमन प्याकुरेल (एमाले/निर्विरोध), रामप्रित पासवान (संसफो/निर्विरोध), वृशेषचन्द्र लाल (राजपा/निर्विरोध)

प्रदेश ३
धनकुमारी खतिवडा (कांग्रेस), उदया शर्मा पौडेल (एमाले), दिलकुमारी रावल (एमाले), सिंगबहादुर विश्वकर्मा (एमाले), रामचन्द्र राई (एमाले), राधेश्याम अधिकारी (कांग्रेस), बलरामप्रसाद बाँस्कोटा (एमाले), रामबहादुर थापा (माओवादी/३,३९६)

प्रदेश ४
प्रकाश पन्थ (कांग्रेस/निर्विरोध), विन्दादेवी आले (कांग्रेस२२७४), दिपा गुरुङ (एमाले१७१६), शान्तिकुमारी अधिकारी जिसी (एमाले१५१२), सुरेन्द्रराज पाण्डे (कांग्रेस/२,२६२), गणेशप्रसाद तिमिल्सिना (एमाले/१,७८२), दिनानाथ शर्मा (माओवादी/१,५३०), खिमकुमार विक (माओवादी/३,३९६)

प्रदेश ५
कोमल वली (एमाले/निर्विरोध), मीना बुढा (एमाले/निर्विरोध), अनिता देवकोटा (कांग्रेस/निर्विरोध), दुर्गाप्रसाद उपाध्याय (कांग्रेस/२,४१८), खिमलाल भट्टराई (एमाले/३,००६), चन्द्रबहादुर खड्का (माओवादी/२,२८०), रामलखन चमार (एमाले/५,५०८), राजकुमार कुँवर (माओवादी/५,३४०)

प्रदेश ६
कविता बोगटी (एमाले), नन्दा चपाई (एमाले), यूटोल तामाङ (माओवादी), नरपति लुवार (एमाले/३,६६६), जीवन बुढा (माओवादी/३,७२०), ठगेन्द्रप्रकाश पुरी (एमाले), भैरवसुन्दर श्रेष्ठ (एमाले), कालीबहादुर मल्ल (माओवादी)

प्रदेश ७
तारादेवी भट्ट (कांग्रेस/निर्विरोध), कमला ओली (एमाले/निर्विरोध), इन्दु कडेरिया विष्ट (एमाले/निर्विरोध), बद्रीप्रसाद पाण्डे (कांग्रेस/निर्विरोध), शेरबहादुर कुँवर (एमाले/निर्विरोध), हरिराम चौधरी (माओवादी/निर्विरोध), चक्रप्रसाद स्नेही (एमाले/३,७०८), महेशकुमार महरा (माओवादी/३,७०८)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।