टिकाथली प्रकरणमा परिवार माथिको छानविन तिव्र, पोलिग्राफ टेष्ट गर्दै, दुवई बसेर देशै चलाएको धाक !

सगरमाथाको चुचुरो पुगेर झण्डा गाडी सक्नु भो, के अझैं माथि पुग्न झण्डानै चढ्ने ?, समृद्धी ल्याउँछौ भनेर जिद्धी गर्ने नेतालाई रवीको झटारो

मनिसहरुले एउटा पर्मानेन्ट सोँच बनाएका छन् कि नेपालमा जो आएपनि राम्रो केही हुँदैन, हुने वाला कही छैन, देश यस्तै हो । कहिल्यै केही हुँदैन ।

शहर, गल्ली, चोकमा पुस्तकालय देखि मदिरालयसम्म मानिसहरु देशमा कही हुँदैन भनेर भन्दै लेखेरै दिन्छु भनेर ठोकुवा गर्छन त काँही कानै काटेर दिन्छु भनि कबोल गर्छन ।

यति धेरै निराश हुनुको कारण नेतृत्व र सिष्टमको आज सम्मको अनुभव हो । पक्कै पनि हो, यही कार्य शैली र राजनीतिज्ञको यही नियत र आचरण रहिरहने हो भने मानिसहको निराशा सही हुन्छ ।

सत्ताको सौदाबाजी, बेलगाम र सिष्टम विहिन कर्मचारीतन्त्र, सेटिङमा अपराधीको उन्मक्ति, पहुँच र पैसामा ठेक्का पट्टा, माफियासँगको लभ अफेयर, शौचालयदेखि न्यायालयसम्म राजनीतिक नियक्ति कायम रहने हो भने यो मुलुकले कहिले पनि समृद्धि देख्न पाउँदैन ।

यस कुरामा म पनि आफ्नो कान काट्न तयार छु । तर कहिलेकाँही सोच्न मन लाग्छ, आजका यि दिग्गज, त्यागी, संघर्षशील नेताहरुले के भ्रष्ट्राचार गरौला, मन्त्री, प्रधानमन्त्री बनौला, टनाटन सम्पत्ती कमाउला, आफन्तलाई जागिर, ठेक्का दिलाउँला ,गुण्डाहरु पालौला, विदेश भ्रमण गरौँला, आफन्तका नाममा करोडौ सम्पत्ती लुकाएर जोडौला, विचौलिया र माफियाको पैसा खाउँला र हुण्डी मार्फत विदेश तिर पठाउला भनेर राजनीति गरेका हुन त ?

म त भन्छु हिजो संर्घर्ष गरी, विभिन्न आन्दोलनलाई सफल पारेर, यो मुलुकमा निर्दलय पंचायती व्यवस्था, राजतन्त्र फालेर, समावेशी समानुपातिक, धर्म निरपेक्ष पहिचान सहितको गणतन्त्रात्मक व्यस्था ल्याउने सारा नेताहरु सफल राजनीतिज्ञ हुन् ।

राजनीतिक परिर्वतनका आफ्ना सारा एजेण्डा लाई पुरा गर्ने नेताहरुलाई असफल भन्न मिल्दैन । तर समस्या हामी जनतामा छ, कि हामी समृद्धीको सपना पनि बिचरा उनै बर्षौ संघर्ष गरेर लखतरान नेता ज्युहरुको थाप्लोमा हालिदिइरहेका छौ ।

व्यवस्था बदल्ने एजेण्डा बोकेर सफल भैसकेका नेता ज्युहरुलाई नै जनताको अवस्था पनि बदलिदिनु प¥यो भन्नु वा अपेक्षा राख्नु ठिक हो र ?

यो त बिरामी हुँदा उपचार गरेको सफल डाक्टरलाई निको भैसकेपछि ए डाक्टर साब मेरो घर पनि बनाइदिनु प¥यो भने जस्तै भएन र ?

डाक्टर जति सफल र असल भएपनि घर बनाउन त इञ्जीनियर नै चाहियो नी । कुनै डाक्टरले इञ्जीनियरीङ पनि गरेको हुन सक्छ तर सारा डाक्टरले इञ्जीनियरीङ गरेको हुँदैनन् ।

त्यसैले यो मुलुक बन्दैन भनेर बाजी ठोक्ने र कानै काटेर दिने किरिया तब बन्द हुन्छ जब पुरानाहरुका अनुभव सल्लाह र निगरानीमा नयाँ इञ्जीनियरहरुले मुलुकमा संमृद्धीको एजेण्डा बोकेर सत्ता सम्हाल्छन् ।

नत्र परिर्वतन हामीले ल्याएका हौ समृद्धी पनि हामी नै ल्याउँछौ भनेर जिद्धी गर्ने नेता ज्युहरुलाई भन्न चाहान्छु, आदरणीय नेतागण, बेस क्याम्पबाट विभिन्न चरण पार गर्दै तपाईहरु सगरमाथाको चुचुरोमा पुगिसक्नु भो र चुचुरोमा पुगेर झण्डा पनि गाडी सक्नु भो । अब के अझै माथि पुग्न झण्डानै चढ्ने ? – टिकाथली प्रकरणमा परिवार माथिको छानविन तिव्र, पोलिग्राफ टेष्ट गर्दै, दुवई बसेर देशै चलाएको धाक ! – भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।