अध्यक्षले अगाडि बढ्नुस् भनेपछि अघि सरेकी हुँ, तर गुटबन्दीको शिकार भएँ : अष्टलक्ष्मी शाक्य

काठमाडौं, एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य ‘इमान’को राजनीति गर्ने नेताको सूचीमा पर्छिन् । आम नेताहरु पदकालागी प्राण फ्याँकेर लागिरहेकावेला ‘अरुलाई पनि पालो दिनुपर्छ’ भन्दै मन्त्री पद अस्वीकार गरेको इतिहास पनि लेखेकीछन् शाक्यले । यस पटक उनी प्रदेश नम्बर ३ को मूख्यमन्त्री हुने प्रवल संभावना थियो । तर, एमाले प्रदेश नम्बर ३ को संसदीय दलको नेतामा पराजित भएपछि त्यो संभावनाको ढोका पनि बन्द भएको छ ।

सात प्रदेशमध्ये प्रदेश नं ३ वाट एकजना महिला मूख्यमन्त्री बन्ने संभावनालाई पार्टीको गुटबन्दीका कारण तुहाइयो भनेर धेरैको प्रतिक्रिया आइरहेकोछ । नेतृ शाक्यले समेत कडा प्रतिक्रिया दिएकिछिन् । प्रस्तुत छ, यसै सन्दर्भमा विशेष संवाददाताले उनै नेतृ शाक्यसँग गरेको ५ प्रश्न –

१. संसदीय दलको नेता हारेपछि प्रतिक्रिया चर्को आयो भन्ने छ नि ?
– मैले वास्तविकता भनेको हुँ । मूल्य मान्यताको राजनीति गर्नुपर्छ भन्ने मेरो आशय हो । कुनै ब्यक्तिप्रति मेरो आग्रह वा पूर्वाग्रह छैन ।

२. मत कम हुँदा हुँदै किन उम्मेदवार हुनुभयो ?
– मुख्यमन्त्री हुन मैलेभन्दा पनि पार्टीले नै प्रस्ताव गरेको हो । त्यसैले म प्रतिनिधिसभामा नउठी प्रदेशसभामा आएँ । मुख्यमन्त्रीमा चुनाव लड्दै गर्दा पनि अध्यक्षले अगाडि बढ्नुस् भनेपछि अघि सरेकी हुँ । तर गुटबन्दीको शिकार भएँ । गुटबन्दी यो हदसम्म होला भन्ने सोचेकी थिइनँ ।

३. नयाँ मुख्यमन्त्रीलाई कसरी सहयोग गर्नुहुन्छ ?
– नेतृत्वको हिसावले सहयोग हुन्छ । तर, सिनियर नेतालाई जुनियर नेताको मुनी राख्न गाहे हुन्छ । उपाध्यक्षले नेतृत्व गरिसकेपछि सबैलाई मिलाउन पनि सहज हुन्थ्यो । त्यसबाट पार्टी चुकेको छ । उहाँले मागेको सहयोग हुन्छ ।

४. स्थायी कमिटीमा तपाईंहरुले नै किन सहमति गर्न सक्नुभएन त ?
– स्थायी कमिटीमा छलफल गरेर टुंगिने विषय थिएन । त्यसैले शीर्ष नेतालाई जिम्मा दिइयो । उहाँहरुले पनि मिलाउन सक्नुभएन ।

५. अब के गर्नुहुन्छ ?
– पार्टीले दिएको जिम्मेवारी इमान्दारितापूर्वक पूरा गर्छु । प्रदेश सांसदको भूमिका निर्वाह गर्छु ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖