धुर्मुसको हातबाट जलजलालाई २ लाख ६० हजार हस्तान्तरण (भिडियो सहित)
युके, बिदेशमा बसे पनि नेपाल र नेपालीकै लागि आफुलाई समर्पित गर्ने केहि मध्येमा पर्छिन् इशा गुरुङ्ग ।
बेलायत बासि १ छोरीकी आमा समेत रहेकी इशा नेपालमा कोहि कसैलाई आपत पर्यो भने उनी चुपालागेर बस्न सक्दिनन् । उनले नेपालका विभिन्न संघसंस्था, व्याक्तिहरुलाई सहयोग गरिसकेकी छन् । कहिले अभियान चलाएर सहयोग गर्छिन् कहिले आफ्नो पकेटबाट गर्छिन् तर उनी चुप लागेर भने बस्न सक्दिनन् ।
अहिले चार बर्षकी ब्लड क्यान्सर पीडित कृश्टिना सुनारका लागि उनी दिनरात नभनी अभियान चलाई ५ लाख भन्दा बढी रकम रबि लामिछाने मार्फत हस्तान्तरण गर्नु भएको थियो। उनी भन्छिन् म बेलायतमा भएपनि मन भने नेपालमा नै छ, नेपालीकोपीडाले सबैभन्दा बढी छुन्छ मलाई ।
कोहि कसैले नेपालको बारेमा नराम्रो बोल्यो भने पनि म चुपलागेर बस्न सक्दिन । आज फेरी उनि मृत्युसँग लडिरहेकी प्रतिभाशाली अत्यन्त सुमधुर स्वरकी धनी गायिका जलजला परियार को लागि पनि इशा गुरुङ्ग अभियान मार्फत रकम २ लाख ६० हज़ार आज धुर्मुस बाट उहाकै धुर्मुस सुन्तली फ़ाउन्डेशन कार्यलयमा सहयोगी रकम हस्तान्तर गराउनु भयो, सबै सहयोगी मनहरू लगायत माया बहिनि साथ साथै सिताराम भाइलाइ मुरी मुरी धन्यबाद दिन चाहान्छु इशा गुरुङ्ग युके.
अस्पतालको सैयामा दुवै मृगौला फेल भइ जिवनका लागि मृत्युसँग लडिरहेकी छन। त्यसैले हामी हाम्रो आत्माभित्र मानवता भएको उजागर गर्न आफू सक्दो सहयोग गर्न हार्दिक अपिल।
सानै उमेर देखि नेपाली गीत संगीतमा योगदान पुर्याउदै आएकी , एक विलक्षण प्रतिभाशाली अत्यन्त सुमधुर स्वरकी धनी गायिका जलजला परियार अर्घाखाँची जिल्लाको अत्यन्त ठुलो सम्भावना बोकेकी स्रस्टा हुन। जल्जलाको सकेसम्म छिटो मृगौला प्रत्यारोपण गर्नु पर्ने भएकोले टड्कारो रुपमा आर्थिक समस्या खडा भएको परिवार बाट जानकारी भएको छ ! त्यसैले संसारमा छरिएर बसेका महानुभाब हरुलाइ निम्न खातामा आफु सक्दो रकम जम्मा गरिदिनु हुनको लागी हार्दिक अनुरोध छु !
सहयोग गर्नका लागि:
Global IME बैंकको खाता नम्बर: 3507010003576(गंगबु शाखा काठमाडौँ)
खतावालाको नाम: Narayan Bahadur Darji( जलजलाको बुबा ।)
फाेन – 9843603005


