रेणु दाहाल नेतृत्व भरतपुर महानगरपालिका यस वर्षकै उत्कृष्ट घोषित
चितवन, माघ २९ । भरतपुर महानगरपालिका यस वर्षको उत्कृष्ट नगरपालिकाको रूपमा छनौट भएको छ । रेणु दाहाल नेतृत्वको भरतपुर महानगर यस वर्षकै उत्कृष्ट घोषित भएको हो ।

नगर विकास कोषले गरेको मुल्याङ्कनका आधारमा उत्कृष्ट नगरपालिकाको रूपमा छनौट भएको हो । नगर विकास कोषले आफ्नो ३० औं बार्षिक उत्सव समारोहको औपचारिक कार्यक्रममा भरतपुर महानगरलार्इ उत्कृष्ट नगरपालिकाको रूपमा सम्मान गर्नेछ ।


