‘बिखण्डनको कुरालाई समयमै नियन्त्रण नगर्ने हो भने राष्ट्रिय अखण्डतामा आघात पुर्याउन सक्छ’ प्रधानसेनापतिले नै उठाए यस्तो गम्भिर कुरा – हेर्नुहोस् भिडियो

राष्ट्रिय अखण्डताका लागि हामी सचेत हुनै पर्छ, संबिधान नै नमानेर सल्बलाएको अराजक गतिबिधि बढ्दै जाँदा राष्ट्रिय समस्या आउन सक्छ

संसारको कुनै पनि देशमा सेना केन्द्रीय सरकारबाटै परिचालित हुन्छ र नेपालमा पनि त्यही हुन्छ। हाम्रो संबिधानमा पनि प्रष्ट रूपमा त्यही कुरा उल्लेख भएको छ। संघिय संरचना अनुसार हामीले प्रत्येक प्रदेशमा पृतना खडा गरिसकेका छौं र चुनावका बेलामा पनि हामीले सोही अनुसार परिचालन गरेका थियौं, राज्यले हामीलाई दिएको जिम्मेवारी सक्षमताका साथ पूरा गर्न हामीले आन्तरिक संरचना मिलाइसकेका छौं।

नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्रीले कान्तिपुर टेलिविजनको टक शो फायर साइडमा कुराकानीगर्दै देशबाट अब संक्रमण काल समाप्त भएको हो भन्ने प्रसंगमा अगाडी भन्छन ”हामीलाई पनि लागेको त्यही हो। अब चुनावबाट निर्बाचित भएको सरकारले नेतृत्व गर्छ र संक्रमण सकिन्छ भन्ने लाग्छ। देशमा बिध्यमान संक्रमण सकिएर देश नयाँ युगमा प्रवेश गर्छ भन्ने लाग्छ।”

प्रान्तीय राजधानी तोक्दा हचुवाको भरमा तोकिएको,सुरक्षाको दृष्टिकोणले सरसल्लाह नै नगरी अस्थायी राजधानी तोकिदा सुरक्षाको दृष्टिकोणले नेपाली सेना यसमा कत्तिको सावधान छ त भन्ने जिज्ञासामा क्षेत्री भन्छन ”अस्थायी राजधानी पहिलाको बिकाश क्षेत्रको दृष्टिले तोकिएको हुन सक्छ र त्यो नितान्त राजनीतिक विषय हो भन्नेमा हामी अवेर छौं। संविधानको कार्यन्वयन पनि यसै संग सम्बन्धित बिषय हो। तर सुरक्षामा गम्भीर आघात पुग्ने त देखिन्न तैपनि राज्य यसमा गम्भीर भने हुनुपर्छ, संविधानले हामीलाई स्पष्ट म्यान्डेट दिएको छ जुन किसिमका बिखन्डनका बांरेमा आवाज उठेका छन् सानै रुपमा भए पनि त्यो चुनौती हो। यसमा हाम्रो जिम्मेवार तहले बुझ्नु पर्छ।राष्ट्रिय अखण्डताका लागि हामी अवेर हुने पर्छ।”

सिके राउत, नेत्र बिक्रम चन्दका थ्रेटहरुका बारेमा सोधिएको प्रश्नमा उनी भन्छन ”यी दुबैको जुन किसिमको आवाज उठेको छ त्यसलाई नियन्त्रण नगर्ने हो भने यसले राष्ट्रिय अखण्डतामा आघात पुर्याउन सक्छ। बिखण्डनको कुरा हेर्दा केही सानो क्षेत्रमा आएको देखिन्छ तर त्यो पछी गएर ठूलो समस्या हुन् सक्छ। संबिधान नै नमानेर सल्बलाएको अराजक गतिबिधि बढ्दै जाँदा राष्ट्रिय समस्या आउन सक्छ।त्यसैले त्यसलाई नेग्लेट गरेर हिड्ने कुरा आउदैन। राइट समयमा राइट डिसिजन लिएर सुरक्षा फौज नै परिचालन गर्ने हो भने पनि हिच्किचाउनु हुदैन।”

द्वन्द्व सकिएपछी सेनाको आकार घटाउनु पर्ने आवाज उठिरहेको विषयमा क्षेत्री भन्छन ”सेनाको संख्या घटाउने कुरा बिगतमा उठेकै हो। तर संक्रमण काल रहुन्जेल सेनाको साइज घटाउने भन्ने कुरा हुदैन।अब देश संघियतामा गैसकेकोले सेनाको संख्या कति हुनु पर्छ र सेनालाई के कस्तो जिम्मेवारी दिने हो, ती थ्रेटहरुको सामना गर्नलाई, त्यस हिसाबले गरेको निर्णय अनुसार नै सेना अघि बढ्छ।”

पछिल्ला समयमा नेपालमा भारत, अमेरिका, म्यानमार,बेलायत,जाम्बिया,चिन आदि मुलुकका तर्फबाट भएको सैनिक भ्रमणको सन्दर्भमा उनी भन्छन ”यी भ्रमणहरुका विविध पक्ष हरु छन् र तिनमा एउटा सामरिक महत्वको पक्ष पनि हुन् सक्छ। सैनिक कुटनीति हामीले देशको परराष्ट्र नीतिलाई नै टेवा पुग्नेगरी गरिरहेका छौं। भूकम्पको बेलामा पाएको सैन्य सहयोग पनि त्यसैको प्रतिफल हो, मिलिटरी डिसिप्लिन अन्तर्गतका भए पनि यी भ्रमणहरु राष्ट्रकै हितमा छन्।”

नाकाबन्दीको समयमा नेपालका प्रधान सेनापतिको भारत भ्रमण, चिन र नेपाल दुई देशीय सैन्य अभ्यासप्रति भारतको असहमति,नेपाली सेनामा भर्ना प्रक्रिया र सेनाको कल्याणकारी कोषले गर्न लागेको कार्य लगायत विविध विषयमा प्रधान सेनापति राजेन्द्र क्षेत्रीसंगको कुराकानी हेर्नका लागि लिंकमा क्लिक गर्नुहोस।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।