धनकुटा र तेह्रथुमको सिमानास्थित तेलिया खोलामा निर्माण थालिएको जलविधुत आयोजना अलपत्र
विधुत उत्पादन होला र स्थानिय स्तरमा रोजगारी पाईएला भनेर बसेका स्थानिय आयोजना अलपत्र हुँदा निरास
धनकुटा खबर, धनकुटाको छथरजोरपाटी गाउँपालिका र तेह्रथुमको छथर गाउँपालिमा सिमाना भई बग्ने तेलिया खोलामा निर्माण थालिएको जलविधुत आयोजना अलपत्रभएको छ ।
करिब ५ बर्ष पहिला भोल्क्यानो हाइडोपावर प्रालि भन्ने संस्थाले बिधुत उत्पादन गर्ने भन्दै काम थालेको भए पनि अहिले सम्म कामले गती लिन सकेको छैन् ।
स्थानिय जित बहादुर लिम्बुले भने काम गर्ने भन्दै भोल्क्यानो हाइडोपावर प्रालि भन्ने संस्थाले काम थाल्यो केहि महिना काम पनी गर्यो बिधुत उत्पादन केन्द्र सम्म बाटो बनाएर भवन निर्माण गरे पनि त्यस पछि काम भएको छैन ।
अर्का स्थानिय मेघराज खतिवडा भने काम सूरु गर्दा २०७१ कार्तिक सम्ममा काम सक्ने भनिएको थियो तर अहिले पहिले बनाएका भौतिक संरचना समेत भत्कीएका छन् ।
एक बर्ष यता केहि काम भएको छैन विधुत उत्पादनको कुरै भएन भोल्क्यानो हाइडोपावर प्रालि वा अन्य कुन संस्थाले काम गर्न भन्ने कुरा समेत थाहा हुन नसकेको खतिवडा बताए ।
विधुत उत्पादन होला स्थानिय स्तरमा रोजगारी पाईएला भनेर बसेका स्थानिय आयोजनाको काम नहुदा निरास बनेका छन् ।


