‘भारतले सीमा मिच्दा केहि नबोल्ने नेपाली सेनाको काम छैन, खारेज गरिदिए हुन्छ’ (भिडियो सहित)

काठमाडौं । आज नेपाली सेना दिवस । नेपाल यो दिवस आतिसवाजी सहित काठमाडौंको टुँडीखेलमा मनाइँदैछ । कार्यक्रमका लागि भारतीय सेनापति समेत नेपाल आएका छन् । यही सन्दर्भमा राष्ट्रिवादी नेता तथा अभियन्ता फणिन्द्र नेपालसँग नेपालआजका लागि रमन पौडेलले अन्तरवार्ता गरेका छन् । यस क्रममा नेपाली सेनाको भुमिका, औचित्यबारे नेपालले कडा टिप्पणी गरेका छन् । नेपाली जनताको अपेक्षा अनुसार नेपाली सेनाले काम गर्न नसकेको बताएका छन् । पछिल्लो समय यो झनै आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको उनको भनाइ छ ।

सीमा सुरक्षा किन नगरेको ?

छिमेकी मुलुकहरुले सीमा क्षेत्र मिचिरहँदा नेपाली सेनाले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको उनको टिप्पणी छ । ‘नेपालको भु-भाग कालापानीमा १९६२ देखि निरन्तर भारतीय सेना बसिरहेको छ । तै पनि नेपाली सेना केही गर्न सकिरहेको छैन,’ नेपालले भने, ‘भारतीय सेनालाई त्यहाँबाट हटाउनको लागि नेपाल सरकारसँग आदेश माग्नुपर्यो । मन्त्रीपरिषद्ले निर्णय गरेर हामीलाई नखटाएसम्म हामी जाँदैनौं पनि भनेको छ रे ।’ तर सेनाले यसरी सरकारको आदेश पर्खेर बसिरहन नहुने भन्दै उनले बंगलादेशको सेनाको उदाहरण सम्झाए । उनले भने, ‘बंगलादेशमा एकपटक भारतीय सेना प्रवेश गर्यो, अनदस्पट बगाल सेनाले १८ जना भारतीय सेना मारिदियो । तर भारतले केही पनि गर्न सकेन ।’ ‘देशभित्रै चोर, डाँकु या अन्य कुनै हत्यारा छिरेको अवस्थामा गाउँपालिका अध्यक्षलाई पर्खेर बस्ने कि रक्षा गर्ने ?’ उनले नेपाली सेनाले पनि भारतीय सेनालाई तत्कालै सीमाक्षेत्रबाट हटाउनुपर्ने बताए ।

सेनापतिलाई किन सपथ खानु नपर्ने

नेपाली सेनाका जवानले ‘नेपाल आमाको रषा कुनै पनि हालतमा गर्नेछु’ भनी सपथ ग्रहण गर्नुपर्छ । तर सेनापतिले भने ‘देशको रक्षा गर्नेछु’ भन्नु नपर्ने अवस्थाप्रति नेपालको असन्तुष्टि छ । नेपाली सेनाभित्र यस्तो विभेदकारी प्रावधान हुनु आपत्तिजनक रहेको उनको भनाइ छ । यसबाहेक फोकल्याण्ड, कास्मिर लगायत क्षेत्रमा गोर्खा सैनिकले आफ्नो वीरता देखाइरहँदा नेपाली सेनाले आफूलाई चिन्न नसकेको पनि उनले बताए ।
उनले भने, ‘यहीँबाट गएको सेनाले बेलायतको लागि फकल्याण्ड बचाइदिने, यहीँबाट गएको सेनाले कास्मिरमा पाकिस्ताननी सेना विरुद्ध लडेर भारतिय भूमी बचाईदिने, अनि नेपाली भूमीमा भारतीय सेना आएर प्रभुत्व जमाउँदा आनन्दसँग भात खाएर हेरेर बस्ने ?’

ब्यापार किन ?

यस्तै पछिल्लो समय नेपाली सेनाले विभिन्न विकास निर्माणका काममा आफ्नो ब्यापारीक प्रभाव जमाउँदैआएको छ । नेपालका अनुसार सेनाले ब्यापार गरेर बस्ने भन्दा बरु बन्दुक, बम लगायत अत्याधुनिक हतियार उत्पादन गर्नु आवस्यक छ । यसबाहेक सेनाभित्रै करोडौं भ्रष्टाचार भएका समाचार बाहिर आउँदा पनि केही नहुने कुरालाई उनले नेपाली सेनाको लाचारीसँग तुलना गरेर हेरेका छन् ।

– नेपाल आजबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।