महिलाको हातै तान्ने, शरीरमा छुने, नाङ्गे-भुतुङ्गेलाई बाबा भनेर सम्मान त मरिगए पनि गरिदैन : रवि लामिछाने (भिडियो सहित)

भागेर भारत पुगे श्याम परदेशी । पुननिर्माण अलपत्र, गोष्ठिका नाममा हाकीमहरुको मस्ती !

संसारभरीका हिन्दुहरुको महान चाड महाशिवरात्रि भव्यताका साथ मनाइयो । भक्तजनहरुको खचाखच भिड यस बर्ष पनि उत्तिकै मात्रामा भयो ।

शिवरात्रिको धार्मिक, आध्यात्मीक महत्व आफ्नै ठाँउमा छ तर धेरै महिला भक्तालुहरुको पिडा र गुनासो कुनै बर्ष पनि सुनुवाई भएन ।
कुरा शिवरात्रिमा पशुपति क्षेत्रमा देखिने नागा साधुहरुको हो । काम क्रोध लोभ मोह त्यागेर नागा बनेका बास्ताविक ध्यानी साधुहरु कति होलान ?

अथवा त्रेता युगबाटै सुरु भएको नागा साधु बन्ने परम्परालाई आध्यात्मीक चिन्तनबाट अभिप्रेरित भइ अंगिकार गरेकाहरु नै हिजो आज पशुपतिनाथ मन्दिर वरपर देखिने नागा बाबाहरु हुन् त ?

धर्म संस्कृती र परम्परामा टिप्पणी ग¥यो भने विवादमा परिने डर सबैलाइ हुन्छ तर संस्कृतिका नाममा केही मानिसहरुको घुसपैठ हुदा र समाजमा उश्रृङखलता फैलिदा, विवादमा परेपनि बोल्नै पर्छ ।

बर्षौसम्म नागा बाबाहरुको उपस्थीतिले मुख राता पारेर पुण्य कमाउन प्रयास गरिरहेका हिन्दु नारीहरुले बुझ्न भएका छन् योे पिडा ।
केवल शरीरमा खरानी दल्दैमा, निल्लज नाङ्गै घुम्दैमा नागा बाबाको उपाधी हरेक बेसरम जोगीले पाउन सक्दैन ।

नागा बाबा कहलाउने मापदण्ड र त्यसको जाच गर्न जरुरी छ । जबरजस्ती पैसा माग्ने, महिलाहरुलाई हातै समाएर तान्ने, महिलाहरुको शरीरमा छुने हरेक नाङगे भुतुङगेलाई बाबा भनेर सम्मान त मरिगएपनि गर्दीन ।

त्यसमाथी साधुको भेषमा गाँजा, चरेश बेच्नेहरुलाई कसरी बाबा भन्नु हे बाबा ? हुन सक्छ केही भक्तजनहरुलाई नागां बाबाको आर्शिवादको महत्व छ होला ।

साधुहरुको नागा स्वरुपको धार्मिक महत्वलाई हामी इग्नोर गर्न सक्दैनौ । त्यसका लागि नागा जोन वा नागा बाबाहरुको क्षेत्र भनेर एकातिर छुट्याउन सकिन्छ ।

विश्वास गर्नेहरु नागा हुने क्षेत्रमा जालान् र नागाहरुको आशिर्वाद पाएर जीवन धन्य बनाउनलान् । तर जति छलेर हिड्दा पनि आँखै अगाडी देखिने नांगेभुताङगेहरु देख्न नपरे शिवरात्री क्या पावन हुन्थ्यो भन्नेहरु जिब्रो टोक्दै र मुख रातो पार्दै बस्न विवश छन् ।

शिवरात्रि भगवान शिवको पुजा आराधना गरीने पावन पर्व हो । एउटा नबुझेको कुरा तपाई दर्शकहरुसँग सोध्न मन लाग्यो । हिन्दु धर्मालम्बीका आराध्यदेव महादेवका मुर्ती, तस्वीर, आकृतीहरु यति छन् की भनेर साध्य छैन तर कुनै पनि तस्वीर, आकृती मा महादेव नांगा छैनन्, बाघको छाला बेरेका छन् ।

स्वयंम शिवजी कहिल्यै नांगा नभएपछि शिव भक्त, शिव उपाशक वा शिव अनुयायीहरुले सार्वजनीक स्थानमा नाँगै हिड्नुको साटो एउटा सानो टालो भएपनि बेरीदिए कति जाती हुन्थ्यो होला ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।