ऐतिहासिक महत्व बोकेको करिब चार सय वर्ष पुरानो गोरखा दरबार जगदेखिनै भत्काइयो

गोरखा, २ फागुन । भूकम्पले क्षति पुगेको ऐतिहासिक महत्व बोकेको गोरखा दरबार भत्काइएको छ ।

करिब चार सय वर्ष पुरानो गोरखा दरबार भत्काएर जगदेखि नै पुनःनिर्माण गर्न लागिएको हो । विसं १९९० को भूकम्पले क्षति नपुगेको दरबार बारपाक केन्द्र रहेर २०७२ बैशाख १२ मा गएको गोरखा भूकम्पले क्षति पुगेको थियो ।

विसं १६८६ मा गोरखाका राजा राम शाहको पालामा यो दरबार बनाइएको थियो । दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालका अनुसार जगैदेखि भत्काइएको यो दरबार पुरानै स्वरुपमा जस्ताको त्यस्तै पुनःनिर्माण गरिनेछ । पुरातत्व विभागका कर्मचारीको उपस्थितिमा दरबार भत्काइएको हो ।

‘पुराना सामग्री हटाउने कार्य भइरहेको छ । काम लाग्ने सामग्री पुनः प्रयोग गर्ने र काम नलाग्ने सामग्री हटाउँछौँ’ भुसालले भने, ‘जग राख्न काम भइरहेको छ ।’ पचली सिभा जेभीले दरबार पुनःनिर्माणको ठेक्का पाएको छ । रु चार करोड ३७ लाख लगानीमा दरबार पुनःनिर्माण हुनेछ ।

भूकम्पका बेला क्षति पुगेको गोरखनाथ मन्दिरलगायत संरचना भने पुनःनिर्माण गरिसकिएको छ । दरबारमा रहेका राजा पृथ्वीनारायण शाहका गद्दीलगायत महत्वपूर्ण सामग्री भने सुरक्षित ठाउँमा भण्डारण गरिएका छन् । दरबार भत्काउँदा विसं १८६३ का बेलाका इँट्टा पनि फेला परेका छन् । आगामी तीन वर्षभित्र दरबार पुनःनिर्माण सकिने बताइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।