बेलायती परिवेशमा हुर्कीएका डाक्टर माइकल हटलाई नेपाली साहित्य र कला क्षेत्र समर्पित हुने प्रेरणा कसरी मिल्यो ? (भिडियोसहित)

– दिलभुषण पाठक
तपाईहरुलाई याद होला । केहि समय अघि मैले नेपालको पुर्वी भेगको एक दुर्गम गाउँमा जन्मिएर काठमाडौं आई अंग्रेजी भाषामा साहित्यमा पीएचडी गरेका प्राध्यापक डाक्टर अभि सुवेदीलाई टफ टकमा निम्त्याएको थिए । आज मैले बेलायतको पश्चिमी गाउँमा जन्मिएर लण्डन पुगि नेपाली साहित्यमा पीएचडी गरेका प्राध्यापक डाक्टर माइकल हटलाई टफ टकमा निम्ता गरेको छु ।

जसलाई ३० वर्ष अघि नेपाल टेक्न साथ नेपाल र नेपालीको व्यवहारले मोहनी लगायो र जसले अटुट रुपमा नेपाली कला तथा साहित्यलाई अन्तराष्ट्रिय क्ष्ँेत्रमा प्रवद्धन गर्न योगदान पु¥याइरहेका छन् ।

माइकल हट, धेरै नेपालीका लागि परिचित नाम नहुन सक्छ । तर नेपालबारे जान्न खोज्ने धेरै विदेशीका लागि परिचित मात्र हैन, थाहा नपाई नहुने मध्येको नाम हो । माइकल हट एक बेलायतको उच्च प्राज्ञिक संस्था युनिभर्सिटी अफ लन्डनको दक्षिण एसिया विभाग अन्तर्गत नेपाली र हिमालयन स्टडिजका प्राध्यापक हुनुहुन्छ, ।

उहा“ले लक्ष्मिप्रसाद देवकोटा मुनामदन, भुपि शेरचनको घुम्ने मेच माथि अन्धो मान्छे, लीलबहादुर क्षेत्रीको वसाई, पारिजातको शिरिसको फूल, बीपीको सुम्निमा लगायतका धेरै नेपाली कृतिलाइ अंग्रेजीमा अनुवाद गर्नुभएको छ भने नेपाली समाज, साहित्य, संस्कृति तथा राजनीतिक विषयमा पुस्तकहरु समेत प्रकाशन गर्नुभएको छ ।

यसका अतिरिक्त प्राध्यापक माइकल हटले नेपालको राजनीतिका, आर्थिक र समाजिक विषय वस्तुमा गर्नु भएका अनुसन्धान पुस्तक र अन्तराष्ट्रिय जर्नलहरुमा प्रकाशित छन् । प्राध्यापक हट पछिल्लो समय, तीन वर्ष अघि नेपालमा गएको भूकम्प र त्यसले यहा“को साहित्यिक तथा सा“स्कृतिक पक्षलाई पारेको प्रभावका बारेमा अनुसन्धानमा व्यस्त हुनुहुन्छ ।

हटसग आज म बेलायती परिवेशमा हुर्कीएका उहाँलाई नेपाली साहित्य र कला क्षेत्र समर्पित हुने प्रेरणा कसरी मिल्यो ?

विश्व मानचित्रमा एक जना बेलायती प्राध्यापकको अनुभवमा नेपाली साहित्यको स्थान कहा“ छ ? र संसारले चिनेको तर हामीले सायद नचिनेको नेपाल र नेपालीका विशेषता के हुन सक्छन् ? लगायतका प्रश्नको जवाफ खोज्ने प्रयास गर्नेछु । आउनुहोस स्वागत गरौं आजका मेरा अतिथि प्रा. डा. माइकल हटलाई ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖