नेपाली टेलिभिजनमा पहिलो पटक ‘को बन्छ करोडपति’ आउँदै, कार्यक्रमको प्रस्तोता महानायक राजेश हमाल !

काठमाडौं। एपी वान टेलिभिजनबाट अर्को अन्तर्राष्ट्रिय फ्रेन्चाइज रियालिटी शो ‘को बन्छ करोडपति’ आउने भएको छ । बेलायतको शो ‘हु वान्ट्स टु बि अ मिलियनेयर’को भारतीय संस्करण ‘कौन बनेगा करोडपति’ हुँदै अब नेपाली संस्करण ‘को बन्छ करोडपति’ आउने एपी वान टेलिभिजनले एक विज्ञप्ति प्रकाशित गर्दै जानकारी दिएको छ । केबीसी नेपालकै पहिलो एचडी टेलिभिजनमा एसआरबीएन मिडियाको सहप्रयोजमा आउन लागेको हो।

एसआरबीएन मिडिया चार जना युवाहरुद्धारा सिर्जित मिडिया गु्रप हो। जसले आ–आफ्नो क्षेत्रमा दक्षता हासिल गरी अहिले मिडिया क्षेत्रमा नयाँ ढगंबाट केही गर्नको लागि लागिपरेका छन्।

एसआरबिएनका प्रमुख कार्यकारी अधिकृत बिपिन आचार्यले आउँदो जेठबाट केबिसी टेलिभिजनमा प्रसारण हुने जानकारी दिए। कार्यक्रमको प्रस्तोताका रुपमा महानायक राजेश हमाललाई छनोट गरिएको छ। ग्रेट ब्रिटेनकै ढाँचा अनुसार रजिस्ट्रेसन खुलेपछि एसएमएस र आभीआरद्वारा छानिने र ती मध्ये १० जना फास्टेस्ट फिंगरकालागि चुनिने आयोजकले जनाएको छ।

चुनिएका १० जना कार्यक्रममा गई हट सिटको लागि प्रतिस्पर्धा गर्दछन् र ती मध्ये छिटो उत्तर मिलाउने भाग्यमानीले एक करोडको लागि खेल्न पाउँछन्। खेलको बीचमा उसको सहजताको लागि तीनवटा लाइफ लाइन– फीप्टी फीप्टी, अडियन्स पोल र फोन–अ–फ्रेण्ड हुन्छन जुनलाई कुनै अफ्ठेरो स्थितिमा उसले प्रयोग गर्न पाउँछ।

कार्यक्रमको तयारीका लागि मानिसले एप पनि डाउनलोड गरी त्यसमा भएका प्रश्नोत्तर अध्ययन गरी निश्चित प्वाइन्ट जितेपछि उत्कृष्ट उपहार जित्न सक्ने आयोजकले जनाए छन्। पत्रकार सम्मेलनमा महानायक राजेश हमाल, टेलिभिजनका प्रतिनिधि र आयोजकहरुको उपस्थिति रहेकाे आयोजकले जनाएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।