“देश बिगार्ने काइते, कुरौटे, भरौटेहरुलाई निषेध गरेर अगाडी बढ्नुपर्छ” : रुक्माङ्गद कटवाल
नेपाल राज्य र समाज,परम्परा इत्यादी एउटा ठूलो चौबाटोमा गएर बसिरहेको छ।त्यसले आफ्नो गन्तव्य पहिल्याउन सकेको छैन। २१ औं शताब्दीमा नेपाल कसरी चिनिने भन्ने ठूलो प्रश्नचिन्ह खडा भएर बसिरहेको छ। पूर्व प्रधानसेनापती रुक्माङ्गद कटवालले केहिदिन अघि एभिन्युज टिभीको कार्यक्रम संवादमा कुराकानी गर्दैं उक्त कुरा बताएका हुन्।
गणतन्त्रपछि पहिलोपटक पृथ्वीजयन्ती मनाउनु राम्रो कुरा भएको बताउँदै कटवालले भने-नेपाल मात्रै यस्तो देश हो जसको मुल निती भन्ने कुरा नै छैन।जो सत्तामा आयो उसैले आफ्नो निती बनाउछन्।
संघीयता भनेको धेरै खर्चालु व्यवस्था हो। यसलाई राष्ट्रको अर्थतन्त्रले धान्न गार्हो छ।नेपालका नेतृत्व वर्गले सबैकुरा बिर्सेर साच्चिकै नेपाली भएर सोच्ने हो र समृद्ध नेपाल बनाउँने चाहना हो भने अब सबै पार्टी,म मेरा परिवार मेरा टोली भन्ने बिर्सेर काइते,कुरौटे भरौटेहरुलाई निषेध गरेर अगाडी बढ्नुपर्छ।नभए नेपाल अझैं पछि पर्ने कटवालले चिन्ता ब्यक्त गरे।
नेताहरुले आफ्नो पार्टी,स्वार्थ,गुटको भन्दा देशको हितमा सोच्न पर्छ। हाम्रो स्वाधिनतामा आँच आउन थालेको छ,हाम्रो परम्परा गिर्न थालेका छन्,हाम्रा इतिहास,भाषा,धर्म लगायतका सामाजिक संरचनामा चारैतिरबाट प्रहार हुन थालेकोमा त्यसलाई बचाउनतिर लाग्नपर्नेमा कटवालले जोड दिए।
पूर्वराजा ज्ञानेन्द्रले आफ्नो गुमेको संस्थालाई पुनस्थापना गर्न खोज्नु त्यो स्वभाविक कुरा हो,भारतमा यस्ता मन्दिरहरु छन् जहाँ विश्वका ठूला नेताहरु जान पाउँदैनन् त्यहाँ नेपालका राजा मात्रै जान पाउँछन्।नेपालको हित र जनताको लागी राजसंस्था अपरिहार्य भएको कटवालले बताए।
प्रधानमन्त्री ओलीले देश हितको लागी राष्ट्रका महत्वपूर्ण निकायमा विज्ञहरु नियुक्त गर्नपर्ने कटवालले सुझाव दिए।
हेनुहोस् कटवालसँगको कुराकानी
https://youtu.be/6VZYnqDfy8c


