प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाकिस्तानले बधाई तथा शुभकामना दिंदै पठायो यस्तो सन्देश

काठमाण्डौ, ५ फागुन । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाकिस्तानले बधाई तथा शुभकामना दिएको छ ।

पाकिस्तानी विदेश मन्त्रालयले शुक्रवार वक्तव्य जारी गर्दै ओलीलाई त्यहाँका प्रधानमन्त्री सहिद खक्वान अव्वासीकाका तर्फबाट शुभकामना तथा बधाई सन्देश जारी गरेको हो।

उक्त बधाई सन्देशमा ओलीको नेतृत्वमा यस क्षेत्रको विकास र शान्तिका लागि मिलेर काम गर्न आफूहरू तयार रहेको वक्तव्यमा उल्लेख छ ।

सन्देशमामा पाकिस्तानले नेपाल पनि विकासको युगमा प्रवेश गरेको उल्लेख गरेको छ। बिहिबार नेपालको ४१ प्रधानमन्त्रीमा नियुक्त भएका ओलीलाई सबैभन्दा पहिले बंगलादेशले शुभकामना दिएको थियो।

त्यस्तै भारत, चीन, अमेरिकाले पनि उनलाई बधाई दिइसकेका छन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।