देउवा को हिटलर शैलीले कांग्रेसको पतन गरायो, कि युवालाई मौका देउ कि अयोग्य घोषणा गर : कल्याण गुरुङ (भिडियो सहित)

गत महिना राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरू आरोप–प्रत्यारोपमा उत्रिएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले ‘निर्वाचनबारे बोल्नुस्, पराजयको समीक्षा पछि गरौँला’ भन्दै बैठकको सुरुवात गरेका थिए । बैठकमा २९ केन्द्रीय सदस्यले पक्ष र विपक्षमा धारणा राखेका थिए ।

बैठकमा युवा नेता कल्याण गुरुङ सुरुदेखि नै आक्रामक ढंगले प्रस्तुत भएकाथिए । उनले सभापतिले अवैधानिक कार्यसम्पादन समिति र विधानविपरीत संसदीय समिति निर्माण गरेको, आफूलाई मन परेकालाई रोजीरोजीको अवसर दिएको, अवसरको न्यायोचित वितरण नगरेको भन्दै झन्डै तीन मिनेटजति बोल्दा देउवाले छिटो गर्नुस्, छिटो गर्नुस् भन्दै रुलिङ गरेका थिए ।

तैपनि गुरुङले बोल्न छाडेनन् । उनले लोकतन्त्रका लागि संघर्ष गरेका, जेल बसेका, दुःख गरेकालाई नियुक्त नगरी गलत म्यासेज जाने गरी प्रदेश प्रमुख नियुक्त गरेको भन्दै आलोचना गरिरहेपछि सभापतिले रिसाएर गुरुङलाई बीचमै रोक्दै नेता विमलेन्द्र निधिलाई बोल्न माइक दिएको प्रसंगले तातिएको कांग्रेस भित्रको राजनीतिसंग केन्द्रीत रहेर माउन्टेन टिभीले कांग्रेसका उनै नेता कल्याण गुरुङसंग गरेको यो अन्तर्वार्तामा अधिकांश समय सभापति देउवाकै आलोचनामा खर्चिएका छन् । नेता गुरुङले राखेको धारणा निम्नानुसार छ:-

सभापति देउवाले युवाहरुलाई पालो नदिएर आफ्नु नजिकको मान्छेलाई मात्रै टिकट दिएको कारणले कांग्रेसले हार्नु परेको ।
सभापति देउवाको निरंकुश शैलीको निरन्तरताले गर्दा अब विधानमा सभापतिले जे बोल्छ त्यो मात्रै सहि र सत्य हो भनेर लेख्नु पर्छ ताकी अरु कसैले बोल्न नपाओस ।

युवा पुस्तालाई अवसर नदिने हो भने सिधै अयोग्य भनेर घोषणा गरे हुन्छ होइन भन्ने युवालाई स्थान र मौका दिनु पर्छ । अब महासमिति बैठक बोलाउन देउवाले नमानेमा हस्ताक्षर अभियान चलाएर बैठक बोलाउन दवाब दिन समेत पछि नपर्ने । हेर्नुस नेता गुरुङसंगको खरो अन्तर्वार्ता



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖