आँखाको डिलमै आँशु अड्याएर लालबाबुकी पत्नीले भनिन्- ‘चित्त बुझेन जनसंख्या मन्त्रि, लालबाबुलाई गृहमन्त्रि बनाउनुपर्थ्यो’ (भिडियो सहित)

नवनियुक्त मन्त्री लालबाबु पण्डित मोरङमा कांग्रेस नेता शेखर कोइरालासँग चुनावी प्रतिष्पर्धा गरिरहँदा ‘को हो लालबाबु म चिन्दिन’ भन्दै शेखरले सतही टिप्पणी गरेछन् । लालबाबुले शेखरलाई चुनावमा हराएपछि मिठाइ लिएर साइकलमै शेखरको घर जाने निधो गरेका थिए । यसले के थाहा हुन्छ भने लालबाबु पण्डित बाहिर जति सामान्य देखिन्छन् उनको वास्तविक जीवन पनि उस्तै सरल छ । सामान्य प्रशासनमन्त्री हुँदा निकै चर्चा कमाएका उनी फेरि मन्त्री बनेका छन् । मन्त्री बन्नुअघि काठमाडौंको तीन कुनेस्थित दुई वटा साना कोठामा उनको तीन जनाको परिवार बस्दैआएको थियो ।

श्रीमतिको हात :

‘हरेक पुरुषको सफिलतामा महिलाको हात हुन्छ’ भने झैँ लालबाबुको सफलताको पछाडि पनि उनकी श्रीमतिको हात पक्कै छ । बिमला महत पण्डित हो उनको नाम । एक्ली छोरीको केयर लालबाबुले नभ्याउँदा उनैले गर्छिन् । खासमा बिमला र लालबाबुको बिबाहको प्रसंग रोचक छ । लालबाबु पण्डित जनसंख्या मन्त्रीको रुपमा नियुक्त भएलगत्तै नेपालआज टीमले उनकी पत्नि बिमलासँग पनि अनानैपचारिक वार्ता गरेको थियो । पहिलोपटक भएको अन्तरवार्तामा बिमलाले आफूहरुका रोचक प्रसंग सुनाइन् । साथै उनी भावुक भएर अहिलेसम्म नखुलेका कुरा पनि हामीलाई सुनाएकी छन् ।

मधेस र पहाडको मिलन

पहाडी मूलकी बिमलालाई मधेसका लालबाबुसँग बिबाह गर्न परिवारबाट अप्ठ्यारो थियो नै । बिबाहको दिन उनी एक्लै पार्टी कार्यालयमा आएर लालबाबुसँग बिबाह गरेकी थिइन् । कालो वर्णका लालबाबु, गोरी बिमला, अग्ली बिमला, होचो कदका लालबाबु । यस्ता थुप्रै असमानताबीच उनीहरुको बिबाह सम्पन्न भएको थियो ।

लमी माधव नेपाल

लालबाबुको बिबाहका लमी एमाले नेता माधव नेपाल, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र नेत्री अष्टलक्ष्मी शाक्य हुन् भन्ने धेरैलाई थाहा नहोला , बिमलाका अनुसार ती नेताको पहलमा मागी बिबाह भएको थियो । जनवादी प्रकृतिको बिबाह बल्खुस्थित पार्टी कार्यालयमा सम्पन्न भएको थियो । प्रेमबिबाह जस्तो भनिए पनि खासमा यो मागी बिबाह नै थियो । सुरुमा त लालबाबुसँग बिहे गर्न हच्किएकी थिइन् रे बिमला । पछि नेताहरुको आग्रहपछि बिबाह सम्भव भयो ।

लालबाबुको सरलताबाट प्रभावित

बिमला खासमा लालबाबुको सोझोपन, इमान्दार र सरलताबाट प्रभावित भएको बताउँछिन् । त्यसैले त उनको परिवार राजी नभए पनि स्व निर्णय गरेकी थिइन् । साथै उनी आफ्नो बिहेमा आफैँ अभिभावक बनेर बल्खु पार्टी कार्यलयमा उपस्थित थिइन् । उनी आफैँले टीका तयार गरिन्, माला उनिन्, साधारण बनारासी सारी लगाइन् र बिबाह कार्यक्रममा उपस्थित भइन् । यसरी उनीहरुको बिबाह रोचक रुपमा जनवादी तरिकाले सम्पन्न भएको थियो । बिबाह अस्विकार गरेरै होला सायद बिमला अहिले पनि माइतीबारे खुलेर बोल्न चाहन्नन् ।

नयाँ मन्त्रालयबारे गुनासो

बिमला आफ्नो श्रीमान लालबाबु गृहमन्त्री बनेको हेर्न चाहन्थिन् । देशको सुरक्षा अवस्था कमजोर रहेकाले पनि सोही मन्त्रालयमा उपयुक्त पात्र भएको उनको बुझाइ हो । जनसंख्या तथा वातावरण मन्त्रालय उनका लागि काम गर्ने मन्त्रालय नभएको उनको गुनासो छ । अर्थात् यो उनको स्पिरिट अनुसारको मन्त्रालय होइन । त्यसोत आमा जनताले पनि लालबाबुलाई प्रभावशाली मन्त्रालय दिनुपर्ने सुझाव सामाजिक संजालबाटै पठाएका छन् । यद्यपि मन्त्रालय फेरबदल हुनसक्ने भन्दै आशावादी छन् बिमला ।

– नेपालआजबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।