माओवादी निकट युवा नेताहरूको गोप्य छलफल, यस्तो छ कारण…

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रिया जारी रहेका बेला माओवादी निकट आठ जनवर्गीय संगठन तथा युवा नेताहरूले गोप्य छलफल गरेका छन् ।

माओवादी युवा तथा जबसका नेताले शुक्रबार राजधानीमा वैचारिक तथा सांगठनिक विषयमा गोप्य छलफल गरेका हुन् । एमालेले पार्टी एकीकरण र सरकार गठनमा देखाएको अहंकार विरुद्ध कसरी सक्रिय हुने भनेर छलफल भएको जनाइएको छ ।

पार्टी सचिवालय सदस्य समेत रहेका युवा नेता लेखनाथ न्यौपानेले पार्टी एकतालाई सही निष्कर्षमा पुर्याउन मूल नेतृत्वलाई सहयोग गर्ने उद्देश्यले छलफल सुरु गरिएको बताए ।

यसअघि बसेको भेलाले विभिन्न पाँच विषय भाग लगाउँदै प्रतिवेदनका लागि पाँच नेतालाई जिम्मेवारी दिएको थियो । भेलाले विचार सिद्धान्त, संगठन, एमालेसँग मिलेका र नमिलेका राजनीतिक विषय, अबको समाजवाद कस्तो हुने र वाम सरकारले गर्दा राम्रो हुन्छ भन्ने विषय छुट्याएकोमा शुक्रबार वैचारिक र राजनीतिक विषयमा न्यौपाने र अर्का युवा नेता युवराज चौलागाईंले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

भेलाले प्रतिवेदन तयार गरेर नेतृत्वसँग छलफल गर्ने र पार्टी एकतालाई सहयोग पु¥याउने निर्णय समेत गरेको एक नेताले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।