धनकुटामा पनि मनाईयो प्रजातन्त्र दिवश !
धनकुटा खबर । प्रभातफेरी र कोण–सभाको आयोजना गरेर मूल समारोह आयोजक समिति धनकुटाले ६८ औं प्रजातन्त्र दिवश दिवश मनाएको छ ।

सो कार्यक्रममा वक्तहरुले हजारौको बलिदानीबाट भएको प्रजान्त्र दिवश मनाउन न्यून ब्यक्तिहरुको उपस्थितले प्रजातन्त्रको अपमान भईरहेको बताएका थिए ।
आगामी दिनमा सबैलाई समन्वय र जागरुक बनाएर भब्यताका साथ प्रजातन्त्र दिवश मनाउनुपर्ने उनीहरुको सुझाव थियो ।
स्थानिय भीमनारायण चौकबाट शुरु भएर त्रिबेणी माबिको प्राङ्गण सम्पन्न भएको उक्त कोण सभामा जिल्लाका राजनैतिक दल तथा कार्यालयका प्रमुखहरुले प्रजातन्त्र दिवशको शुभकामना दिएका थिए ।
आयोजक समाराह तथा जिल्ला समन्वय समितिका उप–सभापति बंगला कुमारी राईको अध्यक्षतामा सम्पन्न भएको उक्त समारोहमा दलका तर्फबाट एमालेका भीम राई, माओवादी केन्द्रका ऋषिराम ढुंगानाले मन्तब्य राखेका थिए ।


