योगेश र ईश्वरको मन्त्री बन्ने बलियो संभावना, प्रदीप र विष्णु डेन्जर जोनमा !

पहिलो चरणमा मन्त्रीको सूचीमा समावेश हुन नसकेका एमाले महासचिव ईश्वर पोखरेल र सचिव योगेश भट्टराई मन्त्री बन्ने निश्चित भएको छ । प्रधानमन्त्रीमा केपी ओलीले सपथ खाएकै दिन मन्त्री बन्न दौरा सुरुवाल लगाएर शीतल निवास पुगेका पोखरेल मन्त्री बन्न पाएका थिएनन् ।

पोखरेललाई मन्त्री नबनाएपछि एमालेभित्रै आलोचना खेपेका पार्टी अध्यक्षसमेत रहेका ओलीले पोखरेललाई अर्थमन्त्री बनाउने सम्भावना धेरै रहेको बताइन्छ । यद्यपि सचिव प्रदीप ज्ञवालीले पनि अर्थमन्त्रीमा दाबी छाडेका छैनन् । पछिल्लो समय पोखरेल ओलीसँग निकट रहेका छन् । माओवादी केन्द्रले गृहमन्त्री लिएमा अर्थमन्त्री एमालेको भागमा पर्ने छ, अन्नपूर्ण टिभीमा खबर छ ।

यस्तै, सचिव भट्टराई मन्त्री बन्ने सूचीमा रहेको स्रोतले बतायो । पछिल्लो समय प्रधानमन्त्री ओलीसँग भट्टराईको सम्बन्ध त्यति सुमधुर थिएन । यद्यपि ओलीले निर्वाचनअघि ताप्लेजुङ पुगेर ओलीले योगेशलाई मन्त्री बनाउने आश्वासन दिएका थिए । योगेशलाई सञ्चारमन्त्री बनाउने तयारी भएको स्रोतले बताएको छ ।

ओली पहिलो पटक प्रधानमन्त्री बन्दा विष्णु पौडेल अर्थमन्त्री थिए । उनी यसपटक पनि सो मन्त्रालय आफूले पाउनुपर्ने भन्दै लुम्बिनीका नेता कार्यकर्ता लिएर दबाब दिन ओली निवास पुगेको एमाले स्रोतले जनायो । तर, पटक–पटक अवसर पाएकाले यसपटक उनलाई मन्त्री बनाउन नहुने मत एमालेमै बलियो बन्दै जान थालेको छ ।

भक्तपुरबाट निर्वाचित महेश बस्नेत, काभ्रेका गोकुल बास्कोटा र सिन्धुपाल्चोकका शेरबहादुर तामाङको मन्त्री बन्नेमा चर्चा छ । प्रदेश नम्बर ४ बाट युवा नेता रवीन्द्र अधिकारी, तनहुँका किसान श्रेष्ठ, स्याङ्जाकी पद्मा अर्याल, घनश्याम भुसाल र गोकर्ण विष्टको नाम मन्त्रीका लागि चर्चामा छ । विष्ट यसअघि ऊर्जा मन्त्री भएका थिए ।

प्रदेश नम्बर ७ बाट भीम रावल र नारदमुनि राना, काठमाडौंका कृष्णगोपाल श्रेष्ठ, रामवीर मानन्धर, जीवनराम श्रेष्ठ, चितवनका कृष्णभक्त पोखरेल, ओखलढुंगाका यज्ञराज सुनुवार, भानुभक्त ढकाललगायत मन्त्री या राज्यमन्त्री बन्ने दौडधूपमा छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।