४० बर्ष देखि लालपूर्जा बिहीन शहर

धनकुटा खबर । सरकारले लालपूर्जा दिने क्रमलाई निरन्तरता नदिएपछि ४ दशक देखि तेह्रथुमको शुक्रबारे बजार लालपूर्जा बिहीन शहर बनेको छ ।

२०३१ सालमा तत्कालिन राजा वीरेन्द्रको आदेशमा बसाईएको उक्त शहरका ५ दर्जन भन्दा बढी घरलाई लालपूर्जा उपलब्ध गराएपनि बाँकी घरजग्गाको स्वामित्व टुंगो नलाग्दा उक्त शहर लालपूर्जा बिहिन बनेको हो ।


तस्वीर: शहरको उत्तर–दक्षिणबाट देखिने तिब्र शहरीकरण हुंदै गरेको तेह्रथुमको शुक्रबारे बजार

शहर स्थापनाको केहि समय पछि सुकुम्बासी आयोगले पटक–पटक गरि ६५ घरलाई पूर्जा बितरण गरेपनि बाँकी पूर्जा बिहिन भोगचलन गरेर बस्ने शहरका सयौं बजारबासीहरु मार्कामा परेका छन् ।

हाल उक्त बजार धनकुटा,पाँचथर र तेह्रथुमका साविक १५ भन्दा बढि गाविसको ब्यपारिक केन्द्रका रुपमा विकास हुनेक्रम तिब्र भएपनि पूजा अभावमा बैंक तथा बित्तिय संस्थाहरु संग कारोबार गर्न समस्या परेको स्थानीय धर्मराज खुलालले बताए ।

तत्कालिन जनप्रतिनिधीको निर्णय र अनुरोधमा तत्कालिन राजा वीरेन्द्रको आदेश पछि आयोगले शुरु गरेको पूर्जा बितरण प्रक्रिया अनुसार राज्यले अरुलाई पनि पूर्जा दिनुपर्नेे उनको माग छ ।

भोग चलन भएका घर र जग्गाको कानुनी श्रेस्ता नहुँदा अप्ठेरोमा बेचविखन गर्न र बैंक तथा वित्तिय संस्थाबाट ऋण समेत लिन नपाएको अर्का स्थानियबासी खगेन्द्र न्यौपानेले बताए ।

लालपुर्जाको अभावमा बजारबासीहरुलाई आर्थिक कारोबारमा जटिलता देखिएकोले सरकारले तत्काल जग्गाको लालपुर्जा दिनुपर्ने बजारव्यवस्थापन समितिका सचिव धामबहादुर कार्कीले माग गरे ।

तत्कालिन गाउँ पञ्चायत र गाबिसबाट पाएको भोगचलनको कागजी प्रमाण बोकेर मन्त्रालय र आयोग धाउँदा–धाउँदा हामी हैरान भई सक्यौ’, उनले भने,लालपूर्जाको अभावमा हाम्रो भविष्य अन्यौलमा भएको छ ।’

तात्कालिन सुकुमबसी आयोगले पूर्जा बितरण दिएका बाहेक हाल उक्त शहरमा पूर्जा नपाउने घरको संख्या ४ सय ५० रहेको बजार ब्यबस्थापन समितिले जानकारी दिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖