रामबहादुर थापा (बादल) उपप्रधानमन्त्री बन्ने पक्का, गृह पाउने सम्भावना कम !

काठमाडौं । माओवादी केन्द्रले रामबहादुर थापा (बादल)लाई उपप्रधानमन्त्री बनाउने सहमति गरेको छ । यद्यपि उपप्रधानमन्त्री सहित कुन मन्त्रालय पाउने भन्ने टुंगो लाग्न बाँकी छ ।

राष्ट्रिय सभामा निर्वाचित थापालाई राष्ट्रिय सभाको अध्यक्षका रुपमा हेरिएको थियो । एमाले पनि त्यसमा करिब करिब सहमतिमै देखिएको थियो । तर, बादलले भने सरकारमा जाने इच्छा देखाएका छन् । उनले सरकारमा पार्टीको नेतृत्व गर्ने लगभग निश्चित जस्तै भएको माओवादीका एक नेताले बताए ।

बादल सिनियर नेता भएकाले उनकै नेतृत्वमा सरकारमा जान अरु नेता सहमत भएका छन् । उनी उपप्रधानमन्त्री हुनेछन् । तर, मन्त्रालय भने टुंगिएको छैन ।

बादलले गृहमन्त्री दाबी गरेका छन् । बादलसँगै पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ र पूर्व गृहमन्त्री जनार्दन शर्माको पनि दाबी छ । तीन नेताले गृहमन्त्रीको दाबी गरेपछि माओवादीबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउन कठिन भएको छ ।

प्रचण्ड नेतृत्वको पहिलो सरकारमा बादल रक्षामन्त्री थिए । बादलकै पालामा कटवाल प्रकरण भएको थियो, जसका कारण प्रचण्डले राजीनामा दिनुपर्‍यो ।

स्रोतका अनुसार बादललाई गृह दिने सम्भावना कम छ । बादललाई उपप्रधानमन्त्री दिएर गृहबाहेक अर्कै मन्त्रालय दिने र गृहमन्त्रीमा काम गर्न सक्ने नेतालाई लैजाने विकल्पका बारेमा पनि छलफल भइरहेको माओवादी नेता बताउँछन् ।

माओवादीले मन्त्रीको टुंगो लगाएपछि मन्त्रिपरिषद बिस्तार गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको तयारी छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।