टाउको तपाइको भ्रमणले होइन भुकम्प पीडितको घर नठडिएकोले दुखेको हो – राजनीतिज्ञ र कर्मचारीलाई रवीको सिधाकुरा (भिडियो सहित)
सिधाकुराको नाममा डेढ लाख खानेले माफि माग्दै पैसा फिर्ता गरे, प्रहरीलाई थकाउने चोरको कथा
राजनीतिज्ञ र कर्मचारीको विदेश भ्रमणमा राज्य कोषको करोडौ खर्च हुन्छ । विदेश जानै नहुने त होइन तर विदेश कति जना, केका लागि, कति समयलाई जाने र गएर आएपछि के गर्ने भन्ने कुरा महत्वपुर्ण हुन्छ ।
केही समय अगाडिको मात्र उदाहरण दिऊ । गत माघमा पुनः निमार्ण प्राधिकरणका ९५ जना कर्मचारी विदेश भम्रण गए । सो महिनामा मात्रै विदेश भ्रमणका नाममा राज्यकोषको २ करोड ७० लाख खर्च भएको छ ।
यता करिब साढे ६ लाख भुकम्प पीडितहरु अझै जस्ता र टहरामा कष्टप्रद जीवन बाँचिरहेका छन् । कर्मचारीहरु थाइल्याण्ड, पिलीपीन्स, इण्डोनिसीया गएका थिए । यि देशहरुमा सुमद्रि आँधी सुनामी बाट बच्ने उपाय बारे अध्ययन गर्न कर्मचारीहरुलाई विदेश लगिएको हो ।
सुनामी र त्यसको प्रभावबारेको अध्ययन भ्रमण हामीलाई किन चाहियो ? समुद्र नै नभएको देशका कर्मचारी समुद्रि आँधीको असर र त्यसपछिको पुन निमार्णबारे अध्ययन गर्न जानु एउटा गतिलो मजाक बाहेक के हुन सक्ला ?
जहाजमा सरर उड्ने बेलामा लाखौँ भुकम्प पीडितको याद आयो कि आएन होला ? विदेश भ्रमणलाई अझै पनि पाएको सुविधाका रुपमा उपयोग र उपभोग गर्ने परिपाटी कायम छ ।
पाएको सुविधा किन छोड्ने भन्ने मानसकिता आाँफैमा दरिद्र मानसकिता हो । विकसित देशका भ्रमणबाट धेरैकुरा सिक्न सकिन्छ तर उपलब्धिका नाममा गगन चुम्बी भवन अगाडि सुट टाइमा स्र्पोट सुज लगाएका केही थान फोटाहरु मात्र स्वदेश भित्रिएकोमा आपत्ती जनाएको मात्रै हो ।
विदेश भम्रण आँफैको सुनौलो अवसर हो तर व्यक्तिलाई होइन देशलाई फाइदा दिलाउन सके मात्र । आँफुले देखेका, सिकेका कुरालाई फर्केर आफ्नो कार्यालयमा र आफ्नो काममा लगाउन सकिन्छ, मजाले सकिन्छ ।
कतिपय देशका विकास र सिष्टम आश्चार्य चकित पर्ने गरी राम्रा छन् । जसको केही अंश आफ्नो देशमा भित्राउन सकिन्छ । तर युरोप अमेरीका भ्रमण गरेर के सिक्नु भने भन्दा त्यहाँ त बच्चा बच्चाले अंग्रेजी बोल्दा रहेछन् भनेरै अचच्ममा पर्नु बाहेक केही गर्न नसक्नेहरुको विदेश भ्रमण चाही वेस्ट अफ टाइम, वेस्ट अफ मनी र वोस्ट अफ एभ्री थिङ हो ।
हाम्रो विदेश भ्रमणमा यस्को टाउको किन दुख्या होला भन्ने पनि धेरैलाई लाग्दो हो । टाउको तपाइको भ्रमणले होइन भुकम्प पीडितको घर नठडिएकोले दुखेको हो । जसको नाममा विदेश भ्रमण र बिलासी जीवन बाँचिरहनु भएको छ कम्तीमा उसको घर त ठडियोस् ।
प्राधिकरणको सिइओ होइन जनताको भाग्य फेरौँ । भुकम्प पीडित चिसोमा बर्षौ मरिरहने तर हाकीम साबहरु भुकम्प पीडितकै नाममा विदेशी दारु चियर्स गरिरहने । सिधाकुराको नाममा डेढ लाख खानेले माफि माग्दै पैसा फिर्ता गरे, प्रहरीलाई थकाउने चोरको कथा


