बालुवाटारमा भयो यस्तो अचम्म !, आफ्नै छोराको जन्म दिनको शुभकामना दिन पुगेका ओलीका पिता यसरी बीच सडकमै अलपत्र (हेर्नुहोस भिडियोसहित)

काठमाडौँ । आज प्रधानमन्त्री केपी शर्मा ओलीको ६७ औं बर्थ डे । हिजो राती नै बालकोटस्थित घरमा केक काटेर जन्मदिन मनाएका ओलीले आज बिहान बालुवाटारमा अर्काे केक काटेर बर्थ डे मनाएका छन् । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकलगतै ओलीले आफ्नो बर्थ डे केक काटेका हुन् । ओलीको बर्थ डे केक खान भारतीय राजदूत, चिनिया राजदूतदेखि एमाले नेता कार्यकर्ताहरुको भिड देखिन्थ्यो ।

यसरी बालुवाटार भित्र ओलीले केक काटीरहँदा उनका बुवा मोहनप्रशाद ओली भने गेटमै अलपत्र परेका थिए । त्यहाँ खटिएका सेक्यूरिटीले समेत उनलाई प्रधानमन्त्रीका पिता भनेर नचिन्ता उनी गेटमै अन्य सर्वसाधारण नागरिक जस्तै पालो कुरेर बसेका थिए ।

करिब सवा ९ बजे बालुवाटार प्रवेश गरेका मोहन प्रशादले केही समय प्रतिक्षालयमै विताए । त्यही समयमा केहीले उनको अन्तर्वाता लिन समेत भ्याए । सञ्चारकर्मीहरुलाई भित्र प्रवेश दिइयो त्यही मौकामा उनी पनि भित्र गए ।

ओलीले केक काट्ने बेलासम्म उनका पितालाई भित्र प्रवेश गर्न दिइएको थिइन् । प्रधानमन्त्री पत्नीलाई सुरक्षा सहित केक काट्ने ठाउँमा लगियो त्यतीबेलासम्म पनि उनका पिता अलपत्र अवस्थामै थिए । जन्मदिनको केटि काटि सक्दा समेत उनका पिताले भित्र प्रवेश पाएनन् ।

तीन दिन अघि मात्रै झापाबाट छोराको जन्मदिनका लागि काठमाडौं आएका पिता यसरी निवासबाहिरै अलपत्र पर्नुमा दोष कसको ?



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।