र्याकेट बुनेरै राम्रो कमाई !

धनकुटा खबर । स्वस्थ्य रहन शारिरीक व्यायमका लागि व्याटमिन्टन खेल्नेको संख्या बढेपछि धनकुटाका एक व्यक्तिले व्याटमिन्टन र्याकेट बुनेर राम्रो आम्दानी गरेकाछन् ।

व्यटमिन्टन खेलेरे र्याकेटकोडोरी चुंडिएपछि त्यसमा स्ट्रिङ (गट) बुन्न धरान र बिराटनगर जानुपर्ने बाध्यता देखेपछि डेढबर्ष अघि देखि ५१ बर्षिया खगेन्द्र कुमार श्रेष्ठले उक्त काममा लागेर राम्रो आमदनी गरेका हुन् ।

उनले अहिले दैनिक ४ वटा सम्म र्याकेट बुनेर मासिक २० हजार भन्दा बढी कमाई गरिरहेको बताए ।

“र्याकेट बुनेर राम्रो आम्दानी भईरहेको छ ।”–उनले भने, “धरान, बिराटनगर जानु नपर्ने भएकाले सबैको धन्यवाद समेत पाएको छु ।”। एउटा र्याकेट बुनेको स्ट्रिङ(डोरी) अनुसार तीन सय देखि एक हजार सम्म लिने उनले बताए ।

कमाईको राम्रो सम्भावना दखेर उनले तात्कालिन समयमा एक लाख २० हजारमा र्याकेट बुन्ने मसिन किनेर श्रेष्ठले धनकुटा स्पोर्ट सेन्टर खोलेर सेवा दिंदै आएका छन् । यो धनकुटाको एक मात्र व्याटमिन्टन र्याकेट मर्मत सेन्टर हो ।

व्याटमिन्टनको लोकप्रियता बढेपछि अहिले धनकुटामा व्याटमिन्टन संघ धनकुटाको पहलमा एक बहुउदेश्यीय कवडहल समेत बनिरहेको छ । संघका अनुसार अहिले धनकुटामा दुईसय भन्दा बढी व्याटमिन्टन खेलाडिहरु रहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।