मन्त्री लालबाबु पंण्डितले भने,- ज्वालामुखीसँग लड्नु परे लड्छु, वातावरण बिगार्नेलाई छोड्दिनँ
काठमाडौं, १५ फागुन । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पंण्डितले वातावरण विगार्ने संस्थाहरुमाथि सरकारले कारवाही थालेको वताएका छन् ।

उनले आफू मन्त्री भएपछि ११ वटा उद्योग प्रतिष्ठानमाथि कारवाही गरिएको वताउँदै धुवाँ फाल्ने गाडी अव गुड्न नदिने वताए ।
एमालेका स्वर्गीय नेता जीवराज आश्रितको शालिक अनावरण गर्दै मन्त्री पण्डितले वातावरण विगार्ने प्लाष्टिक उत्पादन गर्ने कारखाना नै बन्द गरिदिने वताए ।
उनले मनपरी गर्नेलाई कारवाही गर्दा आफू आगो होइन ज्वालामुखीसँग लड्नु पर्ने भए पनि तयार रहेको वताए । ‘मास्क लगाएर हिंड्न जनता वाध्य छन्, यस्तो अवस्था अन्त्य गर्न म ज्वालामुखीसँग लड्नु परे पनि तयार छु’ पण्डितले भने, ‘सरकारले तोकेको मापदण्ड तोडेर वातावरण प्रदुषःण बनाउनेलाई म छोड्दिनँ, अव उनीहरुका दिन गए ।’


