काम चोर, ढीला सुस्ती गर्ने कर्मचारीको मुटुमा ढ्याङग्रो ठोकिएको छ – लालबाबु पण्डित र मातृका यादवको खुलेरै गरे रविले प्रसंसा

सरकारले मन्त्रीमण्डल विस्तार गरेको छ । यो सरकारमा रहेका केही मन्त्रीहरु बारे चर्चा गर्न चाहन्छौ । पहिलो लालबाबु पण्डित, दोस्रो मातृका यादव र तेस्रो डा युवराज खतिवडा ।

मन्त्री लाल बाबु पण्डितबाट सुरु गर्न चाहन्छु । डिभि पिआर धारी सरकारी कर्मचारीलाई जागिर छोड्न बाध्य पार्ने मन्त्री लालबाबु पण्डितको आगमन सँगै काम चोर, ढीला सुस्ती गर्ने कर्मचारीको मुटुमा ढ्याङग्रो ठोकिएको छ ।

मन्त्री बन्ने बित्तिकै लालबाबु पण्डीतले दिनुभएको निर्देशन र प्रतिवद्धतालाई मन खोलेर प्रशंसा गर्न चाहन्छु । असल मन्त्री भए भने जनतामा सकरात्मक भावना आउँछ ।

कर्तव्य निष्ठा, इमान्दार कर्मचारीको मनोबल बढेर जान्छ । खरो स्वभाव र दरो प्रतिवद्धता भएका लालबाबु पण्डितलाई छक्काएर, ढिला सुस्ती, कामचोरी, हेलचक्रयाई, घुस खोरी गर्ने आँट हत्तपत्त कसैलाई आउने छैन ।

कडा स्वभावमा, ठुलो आवाजमा आँखामा आँखा जुधाएर खबरदार भन्न सक्ने मन्त्री हुन् लालबाबु पण्डित । विचौलीया, माफियाहरुलाई यिनले ठाउँको ठाँउ कारबाही गरेको हेर्न र सून्न कत्ति पनि समय कुर्नु पर्दैन होला ।

अर्का मन्त्री मातृका यादवको कुरा गरौँ । विगतमा मन्त्री हुँदाको कार्यशैलीका कारण आज पनि मातृका यादवको नामले थर्कमान छन् कर्मचारी । ठग, अल्छी र कामचोर कर्मचारीलाई उनको आगमनले टाउको दुखाइसकेको छ ।

त्यसैले होला अघिपछि हल्ली हल्ली ११ बजे तिर कार्यलय आउने उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयका कर्मचारीहरु हिजो आज १० बजे नै कार्यालय आइपुग्छन् ।
मातृका यादवको उपस्थीती सँगै उद्योग मन्त्रालयमा काम छिटो हुन् थालेको देखिइसकेको छ । स्मरण रहोस् मातृका यादव तिनै मन्त्री हुन् जसले बन मन्त्री हुँदा ललितपुर जील्लाका तत्कालीन जील्ला विकास अधिकारीलाई ट्वाइलेट भित्र थुनिदिएका थिए प्लस भुमीसुधार मन्त्री हुँदा सेवाग्राहीको भेषमा रिक्सा चडेर छड्के जाँच गर्न आँफै मालपोत कार्यालय पुगेका थिए ।

अर्थमन्त्रीका रुपमा आएका नयाँ मन्त्री डा.युवराज खतिवडाको छनौटलाई निकै सकारात्मक रुपमा हेरिएको छ । राष्ट्रबैंकका गर्भनर, योजना आयोगका उपाध्यक्ष र कुशल अर्थशास्त्री, मुलुकको अर्थमन्त्री हुनु एक सकारात्मक संकेत हो ।

विकास सम्बन्धी अवधारणा र मौद्रिक नीतिका विज्ञ खतिवडाले आँफु राष्ट्रवैंकको गर्भनर हुँदा बैंकहरुको मर्जर नीति ल्याए, घर जग्गा कारोवारमा कडाई गरेर डुब्न लागेको अर्थतन्त्र उकास्न टेवा पु¥याए, कालो धनलाई नेपाल भित्रिनबाट जोगाउने प्रयास गरे ।

अन्य मन्त्रीहरुका बिषयमा आज बोल्दिन तर देशका मन्त्रीहरुले चाहे भने यो सानो मुलुक रातारात फेरीन्छ । देशका मन्त्रीहरुले लुकी लुकी घुस खाइदिए भने मात्र यो मुलुक बरबाद हुने ।

नाम लिइएका मन्त्रीहरु मात्र असल हुन् भन्ने होइन, धेरै छन् तर कोही कोही एक्स्ट्रा अर्डिनरी छन् जसले सुकर्मको संकेत गरीसकेका छन् र तिनिबाट मुलुकबासीले धेरै अपेक्षा राखेका छन् ।

यो त सुरुआत हो, आगामी दिनमा अरु मन्त्रीज्युहरुको पनि जयजयकार गर्न सकियोस, जसरी विगतमा जनार्दन शर्मा, गगन थापा, नविन्द्रराज जोशी आदीको प्रशंसा खुलेर गरीएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।