नेपाललाई अब भारत त के संसारको कुनै पनि शक्तिले टुक्र्याउन सक्दैन : प्रो.युवराज संगौला (भिडियो सहित)
पूर्वमहान्यायधिवक्ता युवराज संग्रौला अन्तर्राष्ट्रिय कानूनका ज्ञाता हुन् । राष्ट्रियताका पक्षमा प्रष्ट विचारहरु अभिव्यक्त गर्ने संग्रौलासंग एस टिभी च्याटको लागि जिबराम भण्डारीले वाम एकता , भारतीय विदेशमन्त्रीको नेपाल भ्रमण र समसामयिक बिषयमा गरेको कुराकानी जहाँ प्रो. संगौलाले धेरै अहम खुलासाहरु गरेका छन् । यो अन्तर्वार्तामा प्रो.संगौलाले ब्यक्त गरेको विचारहरु निम्नानुसार छ :-
भारतले गरेको नाकाबन्दीले भारतप्रति नेपालीहरुको दृष्टिकोणमा पुरै परिवर्तन गरायो जसले गर्दा भारतलाई ठुलो धक्का लागेको थियो । नेपालको संबिधानप्रतिको बिमतिलाई भारतले गलत तरिकाले अपनाएको रणनीतिले नेपाललाई चीन तर्फ ढल्न बाध्य बनाएको बिषयलाई भारतकै चर्चित बिज्ञहरुले उलेख गरेको जानकारी दिदै संगौलाले अहिले नेपाल दह्रो भएको तर्क अघि सारेका छन् । निर्वाचनमा कांग्रेसको पराजय पनि भारतको नाकाबन्दीलाई सशक्त बिरोध नगर्दाको नतिजा भन्दै भारतीय विदेशमन्त्री स्वराजको नेपाल भ्रमणले नेपालको भूराजनीतिक धरातल थप मजबुद भएको बताए ।
चीनको बढ्दो महाशक्तिले नेपाललाई पनि थप दह्रो बनाएको दाबि गर्दै संगौला भन्छन – अब भारत लगायत विश्वको कुनै पनि तागतले नेपालमा खेल्न नसक्ने साथै कसैले पनि नेपाल टुक्र्याउने गरेर गतिविधि गर्न सक्दैन । डोक्लाम काण्ड पछि भारतले चीनसंग झुकेर आफुलाई बचाएको छ जुन घटनाले विश्वमा नेपालको भूराजनैतिक महत्वलाई माथि पुराउनको साथै मजबुद पनि बनाएको छ ।
एक पल्ट संयुक्त राष्ट्रसंघमा चीनले आफ्नो सानो छिमेकि राष्ट्रहरुलाई कसैले हेपेमा त्यसको बिरुद्ध जसरी पनि खडा हुने र प्रतिरोध गर्ने चेतवानीयुक्त शैलीमा बोलेको भनाईको अर्थ एक हिसाबले नेपाललाई भारतले हेपेमा पनि भन्ने रहेको दाबि गर्द्चन प्रो. संगौला ।
नेपाललाई अस्थिर बनाउने गरेर खेलिने राजनैतिक खेलहरु लगभग सकिसक्यो तर पनि नेपाललाई बिभिन्न माध्यमबाट अस्थिर बनाउने तत्वहरु सक्रिय छन । त्यस मध्ये एक हो ”कालोधन” । अब नेपालमा लुकाएको विश्व भरिको कालोधनलाई लागनीको माध्यमबाट अर्थतन्त्रलाई तहसनहस गराउने काम हुने तर्फ संकेत गर्दै संगौलाले यस बाट नेपालमा अर्को चलखेल हुने टिप्पणी गरेका छन् । प्रो. संगौलाको खरो विचार हेर्न तल भिडियोमा क्लिक गर्नुस


