गल्लीका गुण्डादेखि भिआईपी समेतलाई छोडिन्न, सांसद भए पनि समातिन्छ : एसएसपी पोखरेल (भिडियो सहित)

काठमाडौं महानगरीय प्रहरी प्रमुखमा एसएसपी विश्वराज पोखरेल एक साताअघि मात्रै नियुक्त भएका छन् । साहशी र निर्भिक प्रहरी अधिकृतको रुपमा उनलाई विश्वास गरी राजधानीको सुरक्षा व्यवस्था कायम गराउन उनलाई सरकारले खटाएको छ । काठमाडौं प्रमुख भएपछि नेपालआजसँग पहिलो विशेष अन्तरवार्ता दिँदै पोखरेलले कानुनमा आफू कठोर र निर्मम रुपमा प्रस्तुत हुने बताएका छन् । साथै कुनै पनि किसिमका राजनीतिक दबाब र प्रलोभनमा सम्झौता नगरिकन कार्यसम्पादन गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

काठमाडौंको जिम्मेवारी सम्हालेपछि नै उनले सार्वजनिक सुनुवाई कार्यक्रम पनि गर्दैआएका छन् । त्यस क्रममा स्थानीयको गुनासो सुन्दै उनले आफू मातहतका प्रहरीहरुलाई समेत अनुशासन बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

होलीको लागि विशेष शतर्कता

होली पर्व मनाउने क्रममा भड्किलो भएर दुर्घटना समेत हुँदैआएका छन् । खासगरी राजधानीमा युवाहरु मदिरा पिएर होली मनाउँदा यसअघिका पर्वमा ठूलै झगडा समेत भएका थिए । यस वर्षको होलीमा पनि राजधानीमा होली मनाउने बहानामा ‘हिंसात्मक घटना होलान् की !’ भनेर काठमाडौं महानगरीय प्रहरी परिसरले उच्च शतर्कता अपनाएको छ ।

महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलले आम नागरिकलाई होली मनाउने क्रममा भड्किला गतिविधि नगर्न र मदिरा सेवन गरेर नहिँड्न सावधान गराएका छन् । यदी कसैले इच्छा विपरित लोला हानेको पाइएमा तत्कालै कानुन अनुसार कारवाही गर्ने पनि उनले बताए । सार्वजनिक अपराधको मुद्दासम्म लगाउने पोखरेलको चेतावनी छ ।

होलीको दिनका लागि मात्रै ३ हजार भन्दा बढीको संख्यामा प्रहरी खटाइने पनि उनले बताए । साथै सांगीतिक माहोलमा परिवारका सदस्य र साथीभाइबीच होली खेल्नेका लागि भने प्रहरीले नै शान्ति सुरक्षा दिने उनको प्रतिबद्धता छ ।

होलीको अवसरमा कुनै पनि घरको छतबाट बच्चाले लोला हानेको भए पनि उसका अविभावक जवाफदेही हुनुपर्ने भन्दै पोखरेलले सावधानी गराएका छन् । सम्भावित भीड हुनसक्ने क्षेत्रमा निगरानी बढाउँदै उपत्याकाभरी आजैदेखि प्रहरी खटेको उनले बताएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।