मेरो कार्यालयमा विचौलीया छैनन, कागज पुगेको फाइलमा २ मिनेटमा हस्ताक्षर भइ सदर हुन्छ भन्ने हाकिम साब को को हुनुहुन्छ ?, कर्मचारीलाई रवीको झटारो
खाएको घूस बांडफांडमा कुरा नमिल्दा कर्मचारी विच कुटाकुट, एक जनाको हातै भांचियो, घाईतेको उपचार हुदै !
सरकारी कार्यालयहरुमा कामको गति बढाउनु जरुरी भैसकेको छ । कुन काम कति समय भित्र सकिन्छ अथवा कुन कामलाई सक्न ठ्याक्कै कति समय लाग्छ भनेर सेवाग्राहीलाई थाहा हुनुपर्छ ।
सम्पुर्ण डकुमेन्टहरु पुगेको खण्डमा तपाईको काम यति बेरमा सकिन्छ भनेर सुचना नै टाँस्न सक्ने कार्यालय प्रमुखहरु भैदिए सेवाग्राहीले खुब सुबिधा पाउँथे ।
अर्को महत्वपुर्ण कुरा सेवाग्राही आँफैले फाइल बोकेर कोठै पिच्छे दौडिनु के जाहेज हो ? कार्यालयमा आएका सबै सेवाग्राही बराबर हुन तर कसैलाई दिनभरी सानो कामका लागि लाइनमा राख्ने कसैलाई कोठा भित्र राखेर २÷४ राउण्ड चिया नै ख्वाउने ?
यस्तो भेदभाव किन हुन्छ । दुर दराजको मानिस र पहुँच वाला सुगमको मानिसलाई गरिने यस्ता भेदभाव दण्डनीय हुनुपर्छ ।
बरु सकिन्छ भने अशक्त, महिला, बूद्धबूद्धाहरु र दुर्गमबाट आएकाहरुलाई प्राथमीकता दिनु राम्रो हुन्छ । बिषेश परिस्थीती बाहेक सेवाग्राहीलाई कार्यालय भित्रका चोटाकोठा भित्र पठाउनै पर्दैन ।
आउने बित्तिकै आफ्नो कुपन लिन सकियोस्, आफ्नो लागि आवश्यक कागजपत्रको चेक लिष्ट होस्, वानडोर सिष्टमा होस् ।
हुने कामलाई एक घण्टा भन्दा बढी समय नलागोस, नहुने काम भए किन नहुने हो, के नपुगेको हो स्पष्ट रुपमा प्रिन्ट गरेरै हाइलाइटरले हाइलाइट नै गरेर दिइयोस् ।
फारम भर्न नजान्ने, नसक्नेका लागि सित्तैमा फारम भरीदिने भोलुण्टिएरहरु राखियोस् । सबै कोठाहरु र हरेक कर्नरहरु सिसि क्यामराको कभरेज भित्र परुन् ।
यति जाबो कुरा गर्न कस्को सरकार बन्नुपर्छ र ? को प्रधानमन्त्री बन्नु पर्छ र ? भित्र चियाको राउण्ड माथि राउण्ड चल्ने, राजनीतिक गफ र अडकलबाजी चल्ने ।
बाहिर सेवाग्राही विचौलीयाको शरणमा पुग्ने । अधिकांश कार्यलयको हालत यस्तै छ । विना कूनै निर्देशन, विवेक प्रयोग गरेर कार्यालय प्रमुख आँफैले एक हप्तामा गरेर देखाउन सकिने परिर्वतन हुन् यी ।
मेरो कार्यालय ठ्याक्कै यस्तै छ । मेरो कार्यालयमा विचौलीया छैनन, सम्पुर्ण कागज पुगेको फाइलमा २ मिनेटमा हस्ताक्षर भइ सदर हुन्छ भन्ने हाकिम साबहरु को को हुनुहुन्छ खबर पाउँ । त्यस्ता कार्यालय र प्रमुखहरुको तारिफमा हामी पनि कार्यक्रमको केही मिनेट खर्च गर्न चाहान्छौ । क्यामेरा बोकेर रिपोर्टीङ गर्न कहिले आउँ हजुर ।
घूसको रकम बांडफांट नमिल्दा कैलालीका कर्मचारीले रक्सी खाएर गरे कुटाकुट !
मालपोत कार्यालय र नापी कार्यालयमा दैनिक ठुलो घुस रकम लेनदेन भैरहेको हुन्छ, जुन लिने र दिनेलाई बाहेक अरुलाई सुइको समेत हुँदैन तर जब घुस रकम बाँडफाँडमा कुरा मिल्दैन तब यस्तै कुटाकुट हुन्छ ।
यो लडाई जिल्ला मालपोत र नापी कार्यालय कैलालीका कर्मचारी बिच घुस रकम बांडफांडका बिषयलाई लिएर कार्यालय भित्र भएको हो ।
यो कार्यालयका कर्मचारीले दिउँसो भर संकलन गरेको घुस रकमको हिसाब गर्दै कार्यालय भित्रै रक्सी खाएर र अन्तमा हिसाब नमिले पछि यसरी कुटाकुट गरे ।
यसरी कार्यालयमै कुटाकुट गर्ने कर्मचारीहरु नवीन जोशी, पूर्णानन्द भट्ट, महादेव जोशी, बिरेन्द्र सिंह, सागर कुंवर र ज्ञानेन्द ओझा अहिले प्रहरी हिासतमा छन । कुटाकुटाबाट कर्मचारी पुर्णानन्द भट्टको त दाँया हातै भाँचीएको छ ।
यसरी कुटाकुट भएपछि वडा कार्यालयबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको थियो । यो बेलासम्म पनि कार्यालयका अन्य कर्मचारीले यसरी रक्सी लैजाँदै थिए ।
मालपोत कार्यालयका कर्मचारीका अनुसार कही समय पहिले कैलालीको गोदावारी नगरपालिका अन्तर्गतको हरैयामा पुर्व पश्चिम राजमार्गसँगै सुकुम्बासीले कब्जा गरी राखेको साढे २१ विघा भन्दा बढी जग्गा एकै दिन करोडौँमा वित्रि भएको थियो ।
त्यही कारोबारमा मालपोत कार्यालय र नापी कार्यालयका कर्मचारीले करिब ७ लाख रुपयौँ घुस लिएको रकम बाँडफाँड नमिलेपछि यसरी कुटाकुट भएको मालपोतका कर्मचारी बताउँछन् ।
कर्मचारीको यस्तो हर्कतको बिषयमा अहिले जिल्ला प्रशासन कार्यालय कैलालीले पनि अनुसन्धान गरिरहेको छ ।
कार्यालय समय भित्र कर्मचारीको यस्तो हर्कतले मालोपत तथा नापी कार्यालय कैलालीको कार्यशैली माथी नै प्रश्न खडा गरेको छ ।


