भारत सप्रेको छैन, अहिले पनि सके सिक्किम नसके भुटान बनाउने दाउमा छ : चित्र ब. केसी (भिडियो)
राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी नेपालको संघीयताको प्रखर विरोधी राजनीतिज्ञ हुन्। केपी ओलीको पहिलो सरकारमा उपप्रधानमन्त्री भएका थिए । लामो समयदेखि नेपालको कम्युनिष्ट आन्दोलनमा संलग्न रहेका छन् नेता केसीकै पार्टीले वर्तमान संघीय प्रणाली अन्तर्गत निर्वाचनमा पनि भाग लिएको छ तर चटानी अडान अझै पनि लिएका छन् संघियताले देशको भलो गर्दैन र यो नेपाल टुक्र्याउन बिदेशीले थोपरेको हतियार भन्दै आएका छन ।
उनी संघीयताको बहशलाई आशंकायुक्त दृष्टिले हेर्छन् । यसैलाई माध्यम बनाएर देश चोइटाउन लागिएको दृष्टिकोण राख्छन् । संघीयताका बारेमा उनले प्रष्टै भन्दिएः यो नेपालको एजेण्डा होइन, बाध्यताको उपज हो । नेपालको एजेण्डा होइन र थिएन ।
आफु उपप्रधान एवम सहकारी तथा गरिबी निवारण मन्त्री हुदा नयाँ सहकारी ऐन आउने तयारी अन्तिम चरणमा पुगेको तर सहकारीमै लागेका सांसदहरुको कारण आफुले भनेको जस्तो बनाउन नसेको बताउदै उक्त समयमा आफुले केहि गर्न नसकेको स्वीकारेका छन् ।
नेपालप्रति भारतको दृष्टिकोण सप्रेको छैन, अहिले पनि सके सिक्किम नसके भुटान बनाउने दाउमा छ भन्दै वर्तमान राजनीतिबारे नेता केसीको कटु टिप्पणीको भिडियोवार्ता


