बल्ल झुक्यो भारत ! भन्यो,- नेपालको सहमतिविना महाकालीमा पुल बनाउनु ठूलो गल्ती भयो

दार्चुला, २१ फागुन । नेपालको सहमतिविना महाकालीमा पुल बनाउनु आफ्नो गल्ती भएको भारतीय पक्षले स्वीकार गरेको छ ।

भारतको पिथौरागढ जिल्लामा नेपाल र भारतका सुरक्षा अधिकारीबीच भएको सीमा सुरक्षा बैठकमा अनुमतिविना सीमा नदीमा पुल लगाउनु ठूलो गल्ती भएको स्वीकार गरेको हो ।

महाकालीमा लगाइएका अस्थायी काठेपुल नेपाल सरकारले अनुमति दिएपछि मात्रै सञ्चालन हुनेछन् । अबदेखि दुवैतर्फ केन्द्र सरकारको अनुमति लिएर मात्रै काठे पुलबाट आवागमन सञ्चालन गर्ने बैठकले निष्कर्ष निकालेको छ । नेपालको व्यास गाउँपालिका वडा नं २ का विभिन्न ठाउँमा चार वटा काठेपुल नेपालको सहमतिविनै लगाएको थियो ।

नेपाली भूमिमा बनाइएको बाटो केन्द्र सरकारको अनुमतिपछि मात्रै सञ्चालन गर्ने आजको बैठकमा सहमति भएको हो । भारतीय पक्षले व्यास – २ को राप्ला क्षेत्रमा पर्ने दोपाखे, नजंग खोला, लखनपुर र बुदीको कौथलामा चार पुल निर्माण गरेको थियो । साथै नेपाली भूमिमा डेढ किमी सडक र झण्डै दुई किमी गोरेटो बाटोसमेत निर्माण गरिएको छ ।

बैठकमा नेपालको बांगबगर पारि भारतको खोतिलाबाट खसेको पहिरो व्यवस्थापनका विषयमा समेत दुई देशका प्राविधिकको टोलीले अध्ययन गर्ने सहमति भएको नेपालका तर्फबाट बैठकमा सहभागी प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो ।

बैठकमा सीमापार अपराध नियन्त्रण, नेपाल भारत जोड्ने प्रस्तावित झोलुङ्गे पुल, बांगबगर खोतिला पहिरो, व्यास क्षेत्रका बासिन्दाको आवतजावत, वन तथा वन्यजन्तुको ओसारपसार र चोरी निकासी नियन्त्रणका विषयमा छलफल भएको दार्चुलाका प्रजिअ जनार्दन गौतमले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।