बोक्सी भनि कुटपिट गर्नेलाई छाड्न लाउने मेयर लाईभमा, लाईसेन्सको खुला किनबेच भयो छटाछुल्ल – हेर्नुहोस् भिडियो सहित
कुटपिट गर्ने दोषीलाई मात्र होईन हेर्ने रमितेलाई पनि कारबाही कही न केही गरियोस्
कैलालीको घोडाघोडी नगरपालिकामा एउटी किशोरीलाई बोक्सीको आरोपमा छ घण्टासम्म कुटपिट गरियो ।
समाजका ठालुहरुले रमिता हेरे । एउटा बेपकुफ बाबा भनाउँदो, मान्छेको नाउमा कंलक, नरपिचास ढोंगीले सारा नगरबासीलाई साक्षी राखेर एक निर्दोष माथी मुड्की, लात्ती प्रहार ग¥यो ।
लक्षिहरु केवल घटनाको साक्षी बनेर तमासा हेरीरहे । त्यत्रो हुलमा एउटा मानिस पनि देखिएन ६ घण्टा सम्म । कस्तो अचच्म,समाजका हरेक तह, तप्काका मानिसहरु हुलका हुल छन् । कुनै एउटा साहसी मानिस निस्कीएनन् त्यो हुलमा ।
एउटा महिला माथी भएको खुल्ला कुटपिट हेर्नेहरु पनि यतिखेर यो कार्यक्रम हेर्दै हुनुहुन्छ होला । एउटा अमानविय घटनाको साक्षी, मुकदर्शक बनेर बस्नुहुने तपाईहरु जति लुगा लगाए पनि नांगिनु भयो ।
एउटा फुस्रे बाबा भनाउँदो पाषण हृदयी, दानवले तपाईहरुको छाती माथी ताण्डब नाच्दै एक निर्दोष चेलिलाई कुटिरह्यो तर तपाईहरुलाई त्यो केवल मनोरञ्जनात्मक सिनेमा जस्तो मात्र भएछ ।
दुख त यसमा लागेको छ २ पैसे फुस्रे ढोंगीलाई समातिसकेपछि छुटाउन भनेर केही ठालुहरु नै पुगेछन् । बोक्सीको आरोपमा कुटपिट गरेको केसलाई मिलाउन खोज्ने प्रहरी, मुखमा भोटे ताल्चा ठोकेर चुप लाग्ने जनप्रतिनीधि र नगरको चोकमा एक ढोंगीले महिलालाई मरुन्जेल कुटेको हेर्ने समाजका मानिसहरु विरुद्ध धिकार्ने शब्द बनेको छैन ।
उतm घटनाको भिडियो सार्वजनितक भएको छ, जसमा तमासेहरु पनि देखिन्छन् । कुटपिट गर्ने दोषीलाई सायद कारवाही होला तर हेर्ने रमितेलाई पनि कारवाही कही न केही गरियोस् ।
हत्या, बलत्कार बोक्सी काण्डका मतियारहरु जो सुकै हुन्, तिनले उन्मक्ति पाउन हिंस्रक जनावर गाँउमा पस्नु जस्तै हो ।
घोडाघोडी नगरपालिकाबासीले मात्र होइन, सिंगो राष्ट्रले शिर निहुराउन पर्ने दृश्य नारी दिवसकै दिन देखीयो ।
घोडाघोडी नगरपालिकाका मानिसहरुले के गर्छन् थाहा छैन तर एउटी किशोरी माथी भएको यो दर्दनाक भिडियो हेरिसकेपछि यही समाजको संचारकर्मीको भएको नाताले म लाजले यो शिर निहुराउँछु र शुरु गर्छु जनताको चासो गुनासो र प्रश्न सहितको कार्यक्रम सिधाकुरा जनतासँग ।


