शेर्पा संघ धनकुटाको तेश्रो जिल्ला अधिवेशन चैत ९ गते
धनकुटा खबर । नेपाल शेर्पा संघ जिल्ला कार्य समिति धनकुटाको आज वसेको वैठकले तेश्रो जिल्ला अधिवेशन यही चैत ९ गते गर्ने निर्णय गरेको छ ।

फाईल फोटो
संघका जिल्ला उपाध्यक्ष दालामु शेर्पाको अध्यक्षता र संघका केन्द्रिय सदस्य आङ्गदावा शेर्पाको प्रमुख आतिथ्यमा वसेको वैठकले अधिवेशन सम्पन्न गर्नका लागि आर्थिक संकलन समिति,प्रचार प्रसार समिति र अतिथि सत्कार समिति समेत गठन गरेको छ ।


