एमाले नेताको ६०–४० को कुराले केही हुँदैन, प्रचण्ड–केपीले मिलाउनुहुन्छ सबै : पम्फा भुषाल (भिडियो सहित)

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता प्रक्रिया लम्बिएको छ । पछिल्लो मंगलबार केपी ओली र पुष्पकमल दाहालबीच भेटवार्ता पनि सहमतिमा टुंगिएन ।

यद्यपि नेताहरु एकता प्रक्रिया टुंगोमा पुगिसकेको र यसलाई ‘फाइनल टच’दिन मात्रै बाँकी रहेको बताउँदैआएका छन् । पदीय भागबण्डामै कुरो नमिलेपछि एकता प्रक्रिया पनि लम्बिएको बुझिएको छ । बैशाख ९ गते नै एकता घोषणा गर्ने भनिए पनि अर्को मिति तय नगरीकनै नेताहरुबीच सहमति हुन नसक्दा एकता अन्योलमा पुगेको हो । यही विषयमा कुरा गर्न हामी माओवादी केन्द्रको कार्यालय पेरिसडाँडास्थित प्रवक्ता पम्फा भुसालसँग कुरा गर्न पुग्यौँ । उनले एकतामा कुनै समस्या नरहेको बताइन् ।

मिडियालाई उनले ‘हाइपोथेटिकल’कुरा गर्दै एकताविरुद्ध प्रचारवाजी नगर्न आग्रह गर्दै एकता चाँडै हुनेमा विश्वास व्यक्त गरिन् । ‘तपाईँहरुले उछालेर हुन्छ र ?,’ उनले भनिन्, ‘एकता चाहिएको हामीलाई हो । हामी गर्छौँ । यसबारे हाइपोथेटिकल कुरा गरेर हुँदैन ।’ एकता विरोधी केही आशंका गर्नु नाजायज भन्दै उनले दुई पार्टीबीच एकता आवस्य हुने भन्दै जिकिर गरिन् ।

एकता संयोजन समितिका सुझाव आइसकेको अवस्थामा एकताको जिम्मा अब दुबै अध्यक्षलाई दिएको उनको भनाइ थियो । उनका अनुसार एकताको सबै जिम्मा दुई अध्यक्षले लिएका छन् । र अब दुई अध्यक्षका बैठक अनुसार नै एकता टुंगोमा पुग्ने भुसालले बताइन् ।

– नेपालआजबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।