मुलुकमा कायापलट ल्याऊने हो भने कुलमानको जस्तो क्षमता भएकालाई उचित जिम्मेवारी दिनुपर्छ : मुमाराम खनाल

रक्सौलबाट काठमाडौंसम्म रेल चढ्दा हाम्रो फास्ट ट्याकको स्थिती के हुने हो ? पाँच बर्षमा त्यसका आधारभुत कुरा सकिसक्ने हाम्रो लक्ष्य छ।जुन हाम्रो गौरवको आयोजना हो।

रेल आउने आशासँगै फास्ट ट्याक रोकिने भन्ने निराशा पनि छाउछ।जसरी हतार-हतारमा भारतले एक करोड भन्दा तलको पैसा छुट्याएर त्यसको सम्भाव्यता अध्ययन गर्न लगायो,यसमा शंका गर्ने प्रशस्त आधार छ।

माउण्टेन टेलिभिजनको कार्यक्रम खरो प्रश्नमा कुराकानी गर्दै विवेकशील साझा पार्टीका नेता मुमाराम खनालले उक्त कुरा बताएका हुन्।

नेपाल भ्रमण्मा भारतीय प्रधानमन्त्री आउनु-जानु ठूलो कुरा होइन।त्यसले खासै फरक पर्दैन।तर नेपाल भ्रमणमा भारतीय प्रधानमन्त्री आउनु भारतकै लागी ठूलो कुरा हो।भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा आउनु भारतले छिमेकी राष्ट्रहरुसँग आफ्नो सुमधुर सम्बन्ध रहेको छ भनेर देखाउनको लागी मात्र भएको खनालले बताए।

एउटा कुलमान घिसिङलाई सहि ठाउँमा ल्याएर राख्दा देशमा कत्रो कायापलट भयो। कुलमानको जस्तो क्षमता भएका अरु व्यक्तिको पहिचान गरेर सहि ठाउँमा ल्याएर राख्दा त्यसले देशको हित गर्ने खनालको भनाई छ।

प्रधानमन्त्री ओलीको चीन भ्रमण रोक्नको लागी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउन लागेको कुरामा सत्यता नभएको खनाल बताउँछन्।भारतसँग नेपालको ठूलो व्यापार घाटा रहेको छ त्यसैले भारतले नेपाल चीनसँग नजिक होस् भन्ने नचाहने खनालको बुझाई छ। हेर्नुहोस् खनालसँगको कुराकानी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।