केपी ओली लामो समय जेल बसेकै कारण आज हामीले खुला रुपमा बोल्ने, लेख्ने मौका पाएका छौ : संग्रौला

लेखक,साहित्कार,राजीतिक विश्लेषक हुन् खगेन्द्र संग्रौला। वामपन्थी विचारधारा बोकेका संग्रौला राजनीतिक तथा अन्य विभिन्न कुरामा खरो टिप्पणी गर्छन्।संग्रौलाका कतिपय टिप्पणी अशोभनीय र अपाच्य भन्दै आलोचना पनि हुने गर्छन्।

सामाजिक संजाल ट्वीटरमा संगौलाका टिप्पणीमाथी सकारात्मक भन्दा धेरै आलोचना र उनको भनाईलाई मन नपराउनेहरु बग्रेल्ती हुन्छन्। संग्रौला भने त्यस्ता टिप्पणी गर्नेहरुलाई विचार नबुझेका जमात र प्रायोजित र कुनै खास राजनीतिक दलका नेताले खटाएका मान्छेहरुको जमात भएको आरोप समेत लगाउछन् र त्यस्ता प्रतिक्रिया दिनेहरुलाई विचार बिहिन मानिसहरुको संज्ञा दिन्छन्।

केहिदिन अघि एपिवन टेलिभिजनको कार्यक्रम तमसोमा ज्योतिर्गमयमा टिकाराम यात्रीसँग कुराकानी गर्दै संग्रौलाले आफ्ना विगतदेखि वर्तमानसम्मका अनुभव साझा गरे। आफ्ना बाल्यकाल र युवाअवस्थामा भोगेका र देखेका कुराहरु भने।

संग्रौला भन्छन्- ‘आफू ब्राह्मण परिवारमा जन्मेर मात्र ब्रम्हाण भएको तर कर्मले आफू ब्राह्मण नभएको,कहिलै ब्रतबन्ध नगरेको र जनै नलगाएको खुलासा गरे।’

म मदिरा पिउछु र मदिरा मलाई मनपर्छ। तर मैले पिएको मदिराले समाज र अर्को कुनै व्यक्तिलाई हानी र असर गरेको छैन भने मैले पिएको मदिरामाथी सामाजिक संजालमा किन टिप्पणी गरिन्छ ? संग्रौला प्रश्न गर्छन्।

आफूले कुनै व्यक्तिमाथी सार्वजानिक टिप्पणी नगर्ने र तर सत्तापक्षमाथी भने सधै कठोर बन्ने संग्रौलाको भनाई छ।

प्रधानमन्त्री ओलीमाथी पनि संग्रौला खरो र कठोर टिप्पणी गर्छन् र उनका त्यस्ता टिप्पणीहरु विवादमा पनि पर्छन्। ओलीमाथिको टिप्पणी बारे प्रस्ट पार्दै संग्रौला भन्छन् -‘ओली कुनै सामान्य मानिस होइनन् , उनी एक जिम्मेवार व्यक्ति हुन्।उनी सत्तापक्षमा रहेका हुनाले उनले गर्ने असल कामले मानिसहरुलाई लाभ पुग्छ। उनको विगारले लोकको अहित हुन्छ।ओली चौध-पन्ध्र बर्ष जेल बसे त्यो उनको जीवनको महान् कर्म हो।ओली त्यसरी जेल नबसिदिएको भए अहिले हामीले यस्तो अधिकार उपभोग गर्न पाउने थिएनौ। खुला रुपमा बोल्ने ,चिन्तन गर्ने र लेख्ने अधिकार ओलीको त्यहि जेलको देन हो।

ओलीमाथी अर्को आरोप लगाउदै संग्रौला भन्छन्-‘ओलीको नौ महिने शासनकालमा नाकाबन्दी कालको एउटा पाटो बाहेक सकारात्मक कहिले पनि भएन।ओलीले महाकाली सन्धि गरे त्यो पवित्र कर्म थिएन, इतिहासले त्यसलाई पवित्र कर्म मानेन। गणतन्त्रको लडाईंमा छातीमा गोली थापेर सडकमा उभिदा ओली नवनिर्मित कैलाश भवनको तेस्रो तलामा काजु चपाउँदै आन्दोलनकारीलाइ दर्शन दिदैं,आन्दोलनकारीलाई गणतन्त्रको दावी भनेको ‘गोरु गाढा चढेर अमेरिका जानु जस्तैं हो भन्थे।’

देशका उत्पिडित जनता र संघीयताको पक्षमा ओली कहिले पनि देखिएनन्।ओलीमाथि आफूले गर्ने कठोर अभिव्यक्ति भन्दा अर्को कुनै नरम अभिव्यक्तिले उनको सम्मान हुन नसक्ने संग्रौलाको ठहर छ।राम्रा सुझाव दिनलाई आफू पण्डित नभएको र त्यो आफ्नो काम नभएको संग्रौला बताउछन्।

ओली हेलिकप्टर,जेट,कार चढ्छन्। उनी धुँलोमा टेक्दैनन् र सामान्य मान्छेको सम्पर्कमा रहदैनन् त्यसकारण उनीसँग आफूहरुको भेट नहुने संग्रौलाले गुनासो गरे।

ओलीलाई पाँच बर्ष लगातार सत्ता चलाउनु छ,प्रचण्डले नेतृत्व गरेका माओवादी पार्टी लगातार खुम्चिदै छ र प्रचण्डलाई छिट्टै आफ्नो पार्टी सकिदैछ भन्ने थाहाँ छ किनकी उनी चतुर छन्।माओवादी पार्टी होइन,भिड हो। माओवादी कहिल्यै पार्टी नै बन्न नसकेको संग्रौलाको आरोप छ।

प्रचण्डले अकुत सम्पत्ती आर्जन गरेका छन् साथै प्रचण्डलाई जनयुद्धको मुद्धामा अन्तराष्ट्रिय अदालत हेग पुर्याउछन् भन्ने डर छ र उनी महत्वकांक्षी मान्छे हुन्।ओली विरामी हुनाले उनको जीवन लामो छैन र एमाले भित्रका अन्य नेताहरु त्यति सशक्त नहुनाले ओलीले राजनीतिबाट विश्राम लिएपछि एमाले पार्टीको नेतृत्व लिनको लागी प्रचण्डले एमाले पार्टीसँग एकता गर्न लागेको संग्रौलाको भनाई छ।

हेर्नुहोस् संग्रौलासँगको कुराकानी

https://youtu.be/_WyzV5cHvAE



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।