कडा प्रश्न सोधेको भन्दै सञ्चारमन्त्रीको ठाडो निर्देशनमा टेलिभिजन कार्यक्रम नै बन्द ! (भिडियो सहित)
काठमाडौ । संच्चारमन्त्री गोकुल बास्कोटाले अपठ्यारा प्रश्न गरेको भन्दै नेपाल टेलिभिजनबाट प्रशारण हुदै आएको सिधा प्रश्न कार्यक्रम बन्द गर्ने आदेश दिएका छन् ।
कार्यक्रम प्रस्तोता राजु थापाले संच्चालन गर्दे आएको उक्त कार्यक्रम संच्चारमन्त्री बास्कोटाको ठाडो निर्देशन पछि विगत १२ वर्षदेखि नेपाल टेलिभिजनबाट नियमित प्रसारणमा आएको सिधा प्रश्न बन्द भएको छ । अपठ्यारो प्रश्न सोधेकै भरमा कार्यक्रम नै बन्द गर्ने अबस्थामा संचारमन्त्री पुगेका हुन् ।
अहिले बाम सरकारको दुई तिहाइ बहुमतको सरकारले देखाएको दम्भ भएको समेत चर्चा चलेको छ । केही दिन अघि संच्चारमन्त्री बास्कोटा सिधा प्रश्नमा अन्तरवार्ता दिन गएका थिए ।
कार्यक्रम संचालनका क्रममा सञ्चारमन्त्री बाँस्कोटाले झुठ बोलेको रहस्य खुलेपछि उनले कार्यक्रम नै बन्द गरिदिएका हुन् । कार्यक्रम संचालक राजु थापाले मन्त्रीको आदेशमा कार्यक्रम बन्द भएको बताए । हेर्नुहोस् भिडीयो


