चौविसे-४ धनकुटाका २३ जना जेष्ठ नागरिकलाई सम्मान

धनकुटा खबर । धनकुटाको चौविसे गाउँपालिका वडा नं ४ का २३ जना जेष्ठ नागरिकलाई आज सम्मान गरिएको छ ।

४ नं वडाध्यक्ष नगेन्द्र तामाङ्गको अध्यक्षता तथा तत्कालिन गाउँ पञ्चायत प्रतिनीधि टेक प्रसाद भण्डारीको प्रमुख आतिथ्यमा सञ्चालित एक कार्यक्रमका वीच ७० वर्ष माथिका २३ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा आफ्नो घरवाट वडा कार्यलय सम्म हिडेरै आईपुग्न सक्ने ९३ वर्षका पुष्पलाल ढुङ्गाना, ८२ वर्षका धनमाया मगर,८१ वर्षका ज्ञान वहादुर परियार लगायत रहेकाछन् । उनीहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको वडाले जनाएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य वडा नं ४ का महिला प्रतिनीधि लक्ष्मी पौडेलले राख्नुभएको थियो भने सञ्चालन वडा कार्यलय सहयोगी तेजनाथ वाग्लेले गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।