क्षमता विकासका लागि चौविसेमा प्रशिक्षण !
धनकुटा खबर । चौविसे गाउपालिका ४ महिला, जनजाती तथा दलित समूदायका सर्वसाधारणलाई क्षमता विकासका लागि दुई दिने जनचेतना मूलक प्रशिक्षण प्रदान गरिएको छ ।
प्रगतिशिल नारी विकास महिला समूह र जनजाती महासंघ चौविसे ४ ले संयुक्त रुपमा अहिले सम्म कुनै संघ संस्था वा समूहमा प्रतिनीधित्व गर्न नपाएका महिला, दलित र जनजाती समुदायका ६० जना सर्वसाधारणलाई प्रशिक्षण दिएको हो ।
सहजीकरण समाजसेवी रविन्द्र न्यौपाने र नैना रुचालले गरेको आयोजकले जनाएको छ । प्रशिक्षण पछि सहभागीहरुको तर्फवाट आफ्नो अनुभव राख्दै विमला कार्कीले वडाको जनसंख्यालाई अध्ययन गरी आवश्यक्ता अनुसार हरेक २-२ वा ४-४ महिनाको अन्तरमा त्यस्तो प्रशिक्षण दिए अझ प्रभावकारी हुने वताउनुभयो ।


