धनकुटामा ‘प्रेम बिवाह’ भन्दा ‘मागी बिवाह’ धेरै असफल देखियो

धनकुटा खबर । जिल्ला अदालत धनकुटाले मागेर गरिने बिवाह बढी असफल बढी भएको तथ्यांक सार्वजनिक गरेको छ । अदालतले बिहिबार एक पत्रकार भेटघाट गरेर उक्त अनुसन्धान सार्वजनिक गरेको हो ।

आर्थिक बर्ष ०७४-०७५ मा सम्बन्ध बिच्छेदका लागि परेका १ सय १६ मुद्दा मध्ये ९४ वटा घटनामा गरेको अनुसन्धानमा ६७ वटा मागि र २७ प्रेम बिवाह गर्नेहरुले सम्बन्ध बिच्छेद गरेको पाईएको छ ।

सम्बन्ध बिच्छेद गर्ने २० देखि ६८ बर्ष उमेर समूहमा सबैभन्दा धेरै २० देखि २३ बर्ष उमेर समुहका रहेको तथ्यांक देखाएको छ ।

कार्यक्रममा अदालतका मुख्य न्यनयधिश बिनोद कुमार पोखरेलले श्रीमान्बाट अंश नलिई सम्बन्ध बिभ्छेद गर्ने महिलाहरुको संख्या समेत धेरै रहेको छ ।

गएको आर्थिक बर्षमा फच्र्योट भएका मुद्दाहरु १ सय १३ मुद्दाहरुमा अंश नलिई सम्बन्ध बिच्छेद गर्ने महिलाहरु संख्या ६३ र लिनेको संख्या २३ रहेको छ ।

पछिल्लो समय महिलाहरु आत्मनिर्भर हुंदै गएकाले यस्तो नतिजा आएको हुन सक्ने पोखरेलले बताउनु भयो ।

कार्यक्रममा आर्थिक बर्ष ०७४÷०७५ मा अदालतमा परेका ४ सय २१ वटा मुद्दा मध्ये ३ सय ६५ वटा फच्र्यौट भएको जानकारी दिईएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖