अब साँगुरीगढीमा वडाबाटै कर तिर्ने व्यवस्था !
धनकुटा खबर । धनकुटाको साँगुरीगढी गाउँपालिकामा कार्यालयवाटै कर तिर्ने ब्यबस्था गरिनेभएको छ ।
सम्पत्ति कर, घरवहाल कर, सेवा शुल्क, स्थानीय तहवाट हुने सिफारिस दस्तुर लगायत कर यहि साउन १ गतेदेखि सुरुवात गरिसकेको प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले बताए ।
यी सबै कर वडा कार्यालयवाट तिर्न सक्ने गरि व्यवस्था मिलाइएको श्रेष्ठले बताए ।
वडावाटै कर तिर्ने व्यवस्था सुरु भएपछि यस स्थानीयलाई गाउँपालिका केन्द्र आएर कर तिर्नु पर्ने वाध्यता हटेको छ । सो गाउँपालिका भौगोलिक वनावट विकट रहेको छ ।
महाभारतको तल्लो भेग र आहालेका स्थानीय गाउँपालिका केन्द्र भेडेटारमा कर तिर्न सुनसरीको चतरा, धरान हुदै आइपुग्नु पर्ने वाध्यता थियो ।

गतआर्थिक वर्षमा केन्द्रमा आएर कर तिर्नुपथ्यो । साँगुरीगढी गाउँपालिका भित्र १० वडा कार्यालय रहेका छन् । सबै वडा कार्यालयमा सम्पत्ति कर र विविध आय शिर्षकको सफ्टवयर जडान गरिएको छ ।
त्यस्तै हरेक वडामा कम्प्यूटर सेट, इन्टरपहुँच र विद्युत आपूर्ती वन्द भएको अवस्थामा सेवा प्रभावित नहुने गरि सोलार समेत जडान र कर्मचारीलाई आवश्यक तालिम समेत उपलब्ध गराइएको छ ।
यता चौविसे गाउँपालिकाले पनि गत आर्थिक वर्ष देखि सफ्टवयर मार्फत वडा कार्यालयबाटै कर तिर्ने व्यवस्था गरेको लेखा प्रमुख चन्द्र बस्नेतले बताए ।
वडा कार्यालयवाट कर तिर्ने व्यवस्थाले स्थानीय जनतालाई कर तिर्न सहज भएको उनले बताए ।


