चेपाङ समुदायको वर्तमान अबस्था सार्वजनिक
धनकुटा खबर । धनकुटामा चेपाङ समुदायको वर्तमान अवस्थाका बिषयमा एक पुस्तक बिमोचन गरिएको छ ।
अभिवक्ता ठगिन कुमार राईले लेखेका उक्त पुस्तक उच्च अदालत धनकुटा बेन्चका मुख्य न्यायधिश बिनोद शर्माले बिमोचन गरेका छन् ।
पुस्तक बिमोचनमा धनकुटा बहुमुखि क्याम्पसका उप–प्राध्यापक रमेश लुईटेलले पुस्तकको बारेमा टिपणी गर्नुभएको छ ।
१०४ पेजमा प्रकाशित उक्त पुस्तकमा लेखकले चेपाङ जातिहरुको परिचय, रितिरिवाज र वर्तमान अबस्थाको समेटेका छन् ।
चेपाङ समदायहरु वर्तमान राजनिति र सामाजिक क्षेत्रमा कम सहभागिता रहेका र महिलाहरु अझ कुनै क्षेत्रमा सहभागिता नरहेको पुस्तमा उल्लेख गरिएको छ ।
नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अदालतका न्यधिश तथा बिभिनन संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


