धनकुटामा रक्तदान कार्यक्रम सम्पन्न

धनकुटा खबर । धनकुटा इन्टिच्यिूट अफ हेल्थ साइन्सको आयोजनामा शुक्रबार धनकुटामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सो कार्यक्रम गरिएको हो । जिल्ला युवा समितीको संयोजनमा गरिएको रक्तदान कार्यक्रममा ४० यूनिट रगत संकलन भएको छ ।

उक्त कार्यक्रममा प्रदेश सभा सदस्य पराजुलीले रक्तदान एक राम्रो काम भएकाले सबैलाई रक्तदानमा सहभागि हुन अनुरोध गरे ।

प्रदेश सभा सदस्य इन्द्रमणि पराजुलीको प्रमुख आथित्यता मा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य संघ धनकुटाकी उपाध्यक्ष तारा तितुङ, जिल्ला युवा समितीका अध्यक्ष अर्जुन छाराहाङ, शसस्त्र प्रहरीका डिएसपी बालकृष्ण श्रेष्ठ लगायतले रक्तदान गरेका थिए।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।