दुब्र्यसनी रोक्न धनकुटाको बसपार्कमा होडिङबोर्ड
धनकुटा खबर । दुव्र्यसनी रोक्न धनकुटाको बसपार्कमा लागुपदार्थ दुब्र्यसनी विरुद्ध होडिङबोर्ड राखिको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा धपपा ७ वडा कार्यालयको सहयोगमा द सेभेन युथ क्लब धनकुटाले उक्त बोर्ड राखेको हो । बोर्डमा लागुपदार्थ के हो ? कुन कुन तरिकामा कति सजाय छ ? बच्ने उपाय के हो ? भन्ने विषयहरु समेटिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रदेश सभा सदस्य इन्द्रपणि पराजुलीले लागुपदार्थ दुब्र्यसनीले युवाहरु बिग्रदैँ गएकाले यसलाई रोक्न सबै लाग्नुपर्ने बताए ।

कार्यक्रममा जिल्ला युवा समितिका अध्यक्ष अर्जुन छाराहाङ, उद्योग वाणिज्य संघकी उपाध्यक्ष तारा तितुङ, धनपा वडा नं.७ का वडाध्यक्ष जंगबहादुर राईले मन्तव्य राखेका थिए ।


