धनकुटास्थित फेसुवा खोलामा निर्मित ट्रष्ट व्रीजको उद्घाटन

धनकुटा खबर । धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ८ र ९ को सिमाना फेसुवा खोलामा निर्मित ट्रष्ट व्रीजको आज उद्घाटन गरिएको छ ।

ट्रष्ट व्रीज निर्माण समितिका अध्यक्ष भीम वहादुर लिम्वुको अध्यक्षतामा भएको एक कार्यक्रमको वीच १ नं प्रदेश सांषद निरन राईले रिवन काटेर उद्घाटन गर्नुभएको हो ।

उक्त व्रीज जिल्ला प्राविधिक कार्यलय धनकुटाको २० लाख १५ हजार ४ सय र सागुरीगढी गाउँपालिकाको १ लाख २७ हजार लगतमा निर्माण गरिएको निर्माण समितिले जनाएको छ ।

फेसुवा खोलामा ३२ मिटर लम्वाईको सो ट्रष्टव्रीज वनिए सँगै अब त्यहाँका विद्यार्थीहरुलाई विद्यालय आवतजावत गर्न र स्थानियलाई पैदलयात्रा गर्न सहज हुनेभएको छ । यसअघि विद्यार्थी र स्थानीयहरु त्यहाँवाट जोखिमपूर्ण यात्रा गर्न वाध्य थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।