सडक शुसाशन अभियान : ट्राफिक प्रहरी धनकुटाको सचेतना कार्य डेढ महिना देखी जारी
धनकुटा खबर । जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाको सक्रियतामा धनकुटाको कागतेदेखी पात्ले खोला सम्मको मुख्य सडक खण्ड किनारमा सचेतना मूलक होडिङ्ग वोर्ड राख्ने, जेव्राक्रस निर्माण गर्ने लगायतका कार्य जारी छ ।
सडक शुसाशन अभियान अन्र्तगत ट्राफिक प्रहरीले यो कार्यलाई विगत डेढ महिना देखी जारी राखेको हो ।
अभियान अन्र्तगत ट्राफिक प्रहरीले अहिले चालकलाई चेतनामुलक प्रशिक्षण,यात्रुमैत्री कार्यक्रम,अव्यवस्थित पार्किङ्ग वा फुटपाथ हटाउने,होडिङ्गवोर्ड राख्ने,ट्राफिक संकेत वोर्ड राख्ने सहितका कामहरु गरिरहेको ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिनुभयो ।
यो काम सडक विभाग, नगरपालिका र अन्य स्थानिय निकाय सँगको समन्वयमा भईरहेको उहाँले वताउनुभयो ।


