धनकुटामा कलाकार डिल्लीकृष्ण आलेको चित्र प्रदर्शनी
धनकुटा खबर । धनकुटामा साउन २५ गते बाट सुरु भएको कलाकार डिल्लीकृष्ण आलेको चित्र प्रदर्शनी सम्पन्न भएको छ ।
राष्टिय यूवा दिवसको अवसरमा २५ गतेबाट सुरु भएको प्रदर्शनीमा विभिन्न विद्यालयका विद्यार्थी सहित करिब ३५ सय ले अवलोकन गरेको आयोजक हुसाडेक नेपालका महासचिव सरोज भुजेलले जानकारी दिए ।
नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ प्रमुख आतिथ्यतामा सम्मपन भएको कार्यक्रमा बोल्दै कलाकार आलेले आफुले धनकुटा विभिन्न स्थानमा रहेका बस्तु लाई चित्रमा उतारेर प्रदर्शनी गर्न पाउदा खुसी लागेको बताए ।

यस्ता प्रदर्शनीले लुकेका प्रतिभा लाई बाहिर आउन महत्व पुर्ण योगदान दिएको कार्यक्रमा बोल्ने बक्ताहरुले बताए थिए । आयोजक हुसाडेक नेपालका अध्यक्ष खेम घिमिरेको अध्यक्षमा कार्यक्रम कार्यक्रम सम्पन्न भएको थियो ।



