यात्रा सभापोखरीको : जाने हैन त ?, आउनुहोस् सहयात्री बन्दै हेर्नुहोस् यो भिडियो

यो हो धनकुटाको ब्यापारीक तथा पर्यटकिय नगरी हिले बजार । आज हामी यहिवाट संखुवासभाको धार्मिक तथा पर्यटकिय स्थल सभापोखरीको यात्रा गदैछौ । करिब १९०० मिटरको उचाइमा रहेको हिले पनि एउटा आकर्षक पर्यटकिय गन्तब्य हो । हाम्रो टोलि हिलेमा बिहानको नास्ता खाएर हामि सभापाखरीको यात्रामा निस्कीयौ । गुरासको राजधानिको प्रबेशद्धारको रुपमा चिनिने बसन्तपुर पुगेर हामिले बिहानको खाना खायौ ।

अवको हाम्रो यात्राको क्रममा अन्य कुनै ठुला बजार नभेटिने भएकाले यहि हामीलाइ ६ दिन सम्म आबश्यक सम्पुर्ण सामानको जाहो यहि गर्नुपर्ने थियो । सामानको जोहो गरी त्यहि सामान बोेक्न दुइजना भरीयाको ब्यबस्था गरि हाम्रो १२ जनाको टिम अगाडी बढ्यो । अबको हाम्रो यात्रा भने पुर्णरुपमा पैदल यात्रा थियो । हामिले पहिलो दिनको यात्रामा गुराँसको राजधानीको रुपमा चिनिने तिनजुरे मिल्के जलजले क्षेत्र मध्ये तिनजुरे क्षेत्र पार गरेर गुफापाखरी पुगेर बास बस्नु थियो ।

हाम्रो यात्रा भदौ महिनामा भएकाले फुलेको गुरास भर्ने हेर्न पाइएन । हामिले गुरासका बोट हेरेरै चित्त बुझायौ । तर बाटो आसपास रहेको ठुलाठुला पथ्थर, चौरी, सुन्दर जगंल, डाँडाकाँडाले हाम्रो मन रोमाञ्चीत बनाइरहेको थियो । यात्राका क्रममा भैरब आङ्ला, यात्रा थुलुङ्ग, सिता मादेम्वा म लगायत सबै फोटो कैद गदै अघि बढ्यौ । पाथिभारा मन्दीर, पाँचपोखरी हुदै चौकी पुग्यौ । चौकी बजारमा सामान्य नास्ता गरेर पुन गुफापोखरी तर्फ अघि बढ्यौ । हामि गुफा पोखरी पुग्दा झमक्कै साँझ परि सकेको थियो । स्थानिय एक होटलमा हामि बास बस्यौ ।

२८९० मिटरको उचाइमा रहेको गुफा पोखरीमा सुन्दर पोखरी थियो । बिहान उठेर हामि यहि पोखरी र बजारको अबलोकन गरी सभापाखरीको यात्रा तर्फ लम्कने निर्णय गर्यौ । गुफापोखरीवाट उत्तर तर्फ हेर्दा धेरै टाढा हिमाल भन्दा थारै अगाडी जस्तो देखिने एउटा अग्लो कालो पहाड देखिन्थ्यो । जलजले पहाड, हो त्यहि पहाड भन्दा पल्लो पटि थियो सभापोखरी । त्यति टाठाको पहाड कसरी पार गर्ने होला भनेर आङनै सिरिङ भएको थियो तर पनि नया ठाँउ नयाँ परिबेष हेर्न पाइने भएकाले जोसजाँगरमा भने कुनै कमि आएन । यहावाट हाम्रो यात्रा सुरु हुनु पहिलेनै भारीवोकेर उच्च क्षेत्रमा जाने खच्चरको लाम लागि सकेको थियो । हामि खच्च्रलाइ उछिन्दै अघि बढ्यौ । करिब ४५ मिनेटको यात्रा पश्चात हामि जोर पोखरी पुग्यौ । तर त्यहा कुनै पाखरी थिएन । सुन्दर हिमाल देखियो । अघिल्लो दिन कुहिरोले हिमाल ढाकिसकेकोले आज हामिले हिमाल देख्दा हामि उत्साहित थियौ र आआफ्नो क्यामेरा मोवाइल निकालेर एकछिन फोटो खिच्यौ ।

अबको हाम्रो यात्रा मिल्के क्षेत्र प्रबेश गदै थियो । अधिकाशं गुरासका जंगल थिए । अलिकति ओरालो झरेपछि पुरै उकालै उकालोको वाटो थियो । गुफा पोखरीवाट हिडेको करीब ६ घण्टा पछि हामि धर्मपोखरी पुग्यौ । धर्मपोखरीमा पानी प्रसस्त भएकोले यो खाना बनाएर खाने ठाउ थियो । पानीकै कारण खाना पकाएर खान सकिने भएकालेनै यो पोखरीको नाम धर्म पोखरी राखिएको हुनुपर्छ । पोखरी वरीपरी करिब तिन सयको हाराहारीमा भेला भएका थियौ । खाना पकाउने कार्य संगै कोहि गित गाएर त कोहि नाचेर हिडाइको थकान मेटाउदै थिए । थकान मेटाउने यो एउटा राम्रो बिकल्प थियो । आजको रातको बास बस्ने ठाँउ पुग्न अझै करिब पाँच घण्टा लाग्ने भएकाले अरु बाटो लाग्ने क्रम जारी थियो । हामी पनि अलि अलि गदै उकालो लाग्यौ । माथी पुगेपछि चांैरीहरु चौरीमा चरिरहेका थिए । एकैछिन चौंरी संग अल्मलियौ । अनि पुन उकालो लाग्यौ । साँझ पर्न सुरु गरिसकेको थियो बास बस्ने ठाउ हिले पुग्दा । हामि अरु भन्दा ढिलो पुगेकाले त्यहा बास बस्ने चौरीगोठ भरिसकेका थिए । त्यसैले हामि अलि पर बेग्लै पाल टाँगेर बस्यौ ।

बिहान उठेर हामि चिया बनाएर खाएर हिमालको मनोरम दृष्य हेदै जलजले पहाड तर्फ लम्कीयौ । केहि बेरको तेर्सो थारै ओरालो अनि त्यसपछिको उकालो उछिने पछि हामि गिद्धे पुग्यौ । हामिले यहा बिहानको खाना खाएर उकालो लाग्यौ । बरीपरीका पाखामा भेडा चरीरहेका थिए । खाना खाएर पुन उकालो लाग्यौ केहि बेरमै हामि मानेभञ्ज्याङ पुग्यौ । अबको हाम्रो यात्रा सेलेले फेलेलेको उकालो ओरालो थियो । थोरै ओरालो झरेर उकालो लाग्यौ हामि यो उकोलो अहिले सम्मको सबै भन्दा कठिन उकालो थियो । बाटोमा मालिङ्गोको झाडि अनि गुराँसको जंगल थियो । यहा रेड पाण्डा अनि डाँफेमुनाल पनि देख्न पाइथ्यो रे तर हामिले सो अबसर पाँउन सकेनौ । यहा बिचमा धेरै ओडारहरु थिए । आगन्तुकले दिउसो थकाइ मार्न देखि खाना पकाएर खान तथा रातिको बास बस्नपनि यी ओडारको प्रयोग हुने गरेको रहेछन् । उकालो लाग्ने बेलामा एउटा भुतपोखरी थियो सभापोखरी जाने यात्रुले यो पोखरी हेर्नहुन्न भन्ने मान्यता थियो । अवको उकालो धेरै कठिन थियो बाटोमा कतै जंगल त कतै पथ्थरै पथ्थर भेटिन्थ्यो । हामि ठाउ ठाउमा थकाइ मार्दै उकालो छिचोल्दै गयौ । जसोतसो साँझ पर्नैलाग्दा हामि भकारी छिरुवा पुग्यौ । भोलि बिहान हामि यहा बाट हिडेर सभापोखरी पुगेर बेलुका बास बस्न यहि आइपुगिन्छ भन्ने मान्यताले हामि यहि बास बस्यौ । यहा रहेका गोठ पनि पुर्णरुपमा भरिएकाले छेबैमा पाल टाँगेर बस्न बाध्य भयौ ।

बिहान करिब चार बजेनै उठेर हामि सभापोखरी तर्फ लाग्यौ । त्यहावाट जाने दुइबटा वाट थिए हामि पुरानो बाटो तर्फ लाग्यौ जहा जलजला पहाडको सबै भन्दा उच्च टाकुरो थियो । पाच हजार मिटर भन्दा बढि उचाइ थियो । उकालो चढ्दा हामिलाइ अक्सीजनको कमिको महसुस भइरकेको थियो बाटो छिचोल्न पनि निक्कै गाहे भयो । बिहानको करिब आठ बजे तिर हामि त्यो टाकुरोको घाँटिवाट जलजला पहाड छिचोल्न सफल भयौ । अब केहि तल झरेर पुन उकालो लाग्यौ । यो उकालो पनि हाम्रो लागि कठिन थियो । अझ भन्नै पर्दा धर्मढोका पुग्ने बेलाको उकालो त नाकै ठोकिने गरीको थियो । यो उकालो पार गदै .धर्मढोका पुग्यौ । धर्मढोका छेबैमा अगरबत्ति बालेर हाम्रो पुन अघि बढ्यौ । कबिर ४५ मिनेट पछि पुग्यौ ४१०० मिटरको उचाइमा रकेको सभापोखरी । साच्चीनै स्वार्गको टुक्रा थियो सभापोखरी । पोखरी देख्नसाथ हाम्रो हामिले सम्मको थकाइ भुल्यौ । बरीपरिवाट पथ्थरको पहाडले घेरीको पोखरी, अनि पोखरीको बिचमा जमिन । पथ्थरको बिचवाट पानी रसाइरहेको थियो । धार्मिक मान्यता अनुसार बेद ब्यास रिसिले अन्य ८४ हजार रिसिलाइ एक सभाका बिच यहि पोखरी भित्रको क्षेत्रमा पुराण सुनाएका थिएरे । यहि रिसिहरुको सभा भएको कारण यो स्थललाइ सभा पाखरी नामाकरण गरिएको हो । यो सभा खोलाको उद्यम स्थल पनि हो । यहा आफुले मागेको कुरा पुग्ने धार्मिक बिश्वास रहेको थियो । हामि पनि पुजाआजा गरेर आआफ्नो सोख अनुसार तस्बीर खिचेर मनभरी सभापोखरी सजाउदै फर्कियौ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।