निर्मलाको हत्यारालाई कारवाहीको माग गर्दै धनकुटामा बिरोध प्रदर्शन

धनकुटा । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पक्राउ गर्न सरकारलाई दवाब दिन धनकुटा नगरपालिकाका विद्यार्थीहरुले बिरोध प्रदर्शन गरेका छन् ।

महिला अधिकारकर्मीहरु र बजार ब्यबस्थापन समितिको अगुवाईमा गरिएको बिरोध प्रदर्शन पछि हत्यारालाई अविलम्ब कारवाही गर्न जिल्ला प्रशासन कार्यालयमा ज्ञापन–पत्र बुझाईएको थियो ।

हत्यारालाई फाँसी दे, महिला हिंसा गर्नेलाई कारवाही गर, लगाएतका नारा सहित मदन चौकबाट शुरु भएको सयौं बिद्यार्थी सम्मिलित बिरोध र्याली बजार परिक्रमा पछि प्रशासन पुगेको थियो ।

प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीलाई बजार ब्यबस्थापन समितिका अध्यक्ष बिप्वल श्रेष्ठले ज्ञापन–पत्र बुझाउनु भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।