‘आमा-बाबु रुहाएर कुन देवता खोज्ने ?’- हजुरबूबा-आमाहरुको मन यसरी बहलिरहेछ धनकुटामा – हेर्नुहोस् भिडियो

जेष्ठ नागरीकका सुखदुःख आदानप्रदान गर्ने थलो बन्दै धनकुटामा खुलेका मिलन केन्द्र

धनकुटा । जेष्ठ नागरिकको दैनिकीलाई सहज बनाउन धनकुटामा खुलेका मिलन केन्द्र जेष्ठ नागरीकका सुखदुःख आदानप्रदान गर्ने थलो बनेको छ । यस्ता मिलन केन्द्रमा जेष्ठनागरिकहरुभित्रको अनुभव र क्षमतालाई युवापुस्तासम्म पु¥याउन बेलाबेलामा युवा विद्यार्थीहरुसंग अन्तरक्रिया पनि गराइन्छ ।

९४ बर्षिय बुद्धिमान डंगोलको घर धनकुटा ७ त्रीवेणी टोलमा छ । उहा दिउँसो घरछेउको जेष्ठ नागरिक मिलन केन्द्रमा भेटीनुहुन्छ । मोतिटोलका ८४ बर्षिय पिताम्वर भट्टराई पनि यहि मिलन केन्द्रमा भजन किर्तन र सुखदुःखका गफ गरेर दिन विताउनुहुन्छ् । डंगोल र भट्टराईजस्तै हजुरबुवा पुस्ताको मन बहलाउन धनकुटामा खुलेका सातवटा मिलन केन्द्रले बढ्दो उमेरमा मानसिक एकाग्रता, अन्तरघुलन र सामाजिक साइनो बचाइ राख्न सहयोग पु¥याएको जेष्ठ नागरीकको भनाइ छ ।

जेष्ठ नागरिकले आफ्नो लामो जीवनभर संगालेका ज्ञान सीप र अनुभव पछिल्लो पुस्ताका लागि मार्गदर्शन बन्नसक्दछन् भनेर बेलाबखत यस्ता केन्द्रमा युवा विद्यार्थीसंग अन्र्तरपुस्ता शिप हस्तान्तरण कार्यक्रमको आयोजना गरिन्छ । जेष्ठ नागरिक जिल्ला संघ धनकुटा अध्यक्ष, रामबहादुर श्रेष्ठ ।

बुढ्यौलीबाट उत्पन्न शारिरिक दुर्वलता, हिनताबोध र एकांकीपनबाट पिरोलिएका जेष्ठ नागरिकलाई यस्ता केन्द्र मनोरञ्जन र दिन बिताउने सहज माध्यम बनेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।